STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ख्यातिप्राप्त अभिनेता मदनकृष्णद्वारा धन्यवाद ज्ञापन

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ १८, मंगलबार

विश्वव्यापी महामारी कोरोनाको चपेटामा परी हाल स्वास्थ्य लाभ गर्नु भएका ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठले आफू अहिले आफू संक्रमणको चपेटाबाट पूर्ण रुपमा मुक्त भएकोले खुसी व्यक्त गरेका छन् । यसै सन्दर्भमा उहाँले आफ्नो फेसबुकमा एक वक्तव्य राख्दै आफ्ना शुभचिन्तक र सहयोगीहरू लाई धन्यवाद ज्ञापन गरेका छन् । उनले   आफूलाई माया, शुभेक्षा र आशिर्बाद बर्षाउँदै स्वास्थ्य प्रति चिन्ता ब्यक्त गर्नुहुने, सम्पूर्ण  दर्शक श्रोता, नर्श, डक्टर अनि पृथ्वी भरिका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाईहरुमा हृदयदेखि कृतज्ञता ब्यक्त गर्दछु भनि लेखेका छन् ।

ख्यातिप्राप्त कलाकार श्रेष्ठका अनुसार कोरोनाले उनलाई  नराम्रै संगै च्यापेको देखिन्छ भने तर सबैको माया, शुभेक्षा, प्रार्थना, र आशिर्बादको बलले गर्दा आफूलाई त्यसले  जित्न नसकेको देखिन्छ ।

आफ्नो कोरोना अनुभव लेख्ने  क्रममा उनले,  "म पहिलो पटक ८ दिन, फेरि दोश्रो पल्ट १४ दिन मेडिसिटी हस्पिटलमा बसेर घर आएको पनि अब त एक हप्ता कटिसक्यो भने डक्टरहरुले मलाई तपाईको शरिर अब एन्टिबडी बनी सकेको छ भनि  भन्नु भएको छ । अब मेरो शरिरमा अरु कसैबाट पनि कोरोना भाईरस सर्दैन र मबाट पनि अरुलाई सर्दैन भनि भन्नु भएको छ । "

हास्यसम्राटका रुपमा ख्यातिप्राप्त मह जोडी मध्येका एक कलाकार श्रेष्ठले आफूलाई डाक्टर हरु ले  एक प्रकारले भाय्कसिन लिईसकेको सरह नै भैसकेको छ भनेका छन् भनि उल्लेख गर्नु भएको छ।

तर   अभिनेता श्रेष्ठ  सोमबार फेरि PCR test गराउँदा रिपोर्टले घरमा सबैको नेगेटिभ देखिए पनि उनको भने अझै अलि पोजेटिभ बाँकि रहेको देखाएको छ तर डक्टरहरुको भनाई अनुसार उनको शरिरमा भएका कोरोनाको भाईरसहरु सबै मरिसकेका छन् भन्ने देखिन्छ । 

यसै सन्दर्भमा उनले यो कुरा यसरी लेखेका छन् , " अब खालि ती मरेका भाईरसका लाशहरु  मात्र बाकी छन् रे । त्यो बाँकि हुन्जेल पनि मेशिनले पोजेटीभ नै देखाउँदो रहेछ। त्यस्ले केहि फरक पर्दैन ,केहि दिन पछि त्यो पनि आफै जान्छ भन्नु भएका छन् । जे होस बाँचियो बा ... !"

"कोरोनाले यो मदनकृष्ण श्रेष्ठ भन्ने मान्छेलाई पार्केसन छ, प्रोष्टेट, प्रेशर, मुटुको समस्या छ, अनि अर्को कन्स्टीपेशनको पनि समस्या छ र यस्लाई त मज्जाले चपाउन सकिन्छ भनेर मलाई झम्टिन आएको होला शायद|" उनी यसरी आफ्नो खुशी पोख्छन् ।

उनले लेखेका छन् , " यहाँहरु जस्तो मलाई औधि माया गर्नु हुने  लाखौँ लाख शुभेच्क्षुकहरुको माया पनि मेरै साथमा हुनुहुन्छ भन्ने कुरा त्यो मोरा कोरोनालाई के थाहा ? यो कुरा मैले हजुरहरुलाई जानकारि दिनका लागि मात्र लेखेकोहुं ।
मनमा अझै पनि पूरा खुशी लागेको भने छैन। "

देशमा अझै पनि कोरोना पिडीतहरु धेरै  बाँकि नै छन् कतिपय अझ थपिंदै पनि छन् । यस अबस्थामा देशको सबै भन्दा ठूलो समस्या भन्नु यहि  कुलंगार कोरोना नै हुन् भनि लेखेका ख्यातिप्राप्त कलाकार श्रेष्ठले लेखेका छन् कि, "सरकारले पनि यस्लाई नै पहिलो प्राथमिकता दिएर, सबै तिरबाट जति सकिन्छ छिटो भ्याक्सिन बटुलेर जनतालाई भ्याक्सिन दिएर जनताको ज्यान बचाउन तिर लाग्न अनुराेध गर्न चाहन्छु । किनभने जनता नै भएन भने कस्लाई शासन गर्ने ? हैन त ?? "

Categorized in व्यक्तित्व