STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शताब्दी पुरूष सत्यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ४, शुक्रबार

वाङमय शताब्दी पुरूष डा.सत्यमोहन जोशी किस्ट मेडिकल कलेजमा उपचार  सम्पन्न गरी आज आफ्नो गृह प्रवेश हुनुभएको छ । समान्य हिँडडुल गर्न थालेपछि उहाँलाई  अस्पतालबाट डिस्चार्ज गरी  घरै पठाइएको कलेजका प्रिन्सिपल प्रा.डा. बालमानसिंह कार्कीबाट थाहा भएको छ ।

अस्पतालको स्रोत अनुसार डा.जोशीलाई श्वासप्रश्वासको समस्या, छातीको सङ्क्रमण, मुटुको चालमा गडबडी र रक्तचापमा कमी देखिएको थियो ।

डिस्चार्ज हुनुभई घर पुग्नु भएका शताब्दि पुरुष डा जोशीको  एक हप्तापछि डा.जोशीको स्वास्थ्य अवस्थाको अस्पतालबाट जानकारी लिइने कुरा  छातीरोग विशेषज्ञ प्रा.डा. मिलेशजङ्ग सिजापतीका बताउनु भएको  छ ।

मुटुमा समस्या आएपछि गत जेठ २६ गते डा.जोशीलाई किस्ट मेडिकल कलेजमा उपचारार्थ भर्ना गरिएको थियो ।

शताब्दि पुरुष  जोशी गत वैशाख ३० गते १०२ वर्षमा प्रवेश गर्नु भएको छ भने डा.जोशी र उहाँकी धर्मपत्नी राधादेवी जोशीले किस्ट मेडिकल कलेजका विद्यार्थीको अध्ययन र शोधका लागि आआफ्नो शरीर मरणोपरान्त समर्पण गर्नुभएको छ ।

वर्तमान परिस्थितिलाई मध्यनजर गरी आगामी दुई हप्ता उहाँलाई फोन एवं भेटघाट नगरि आराम गर्ने अवसर दिनु हुन अनुराेध गरिनुका साथै किष्ट अस्पताल परिवार एवं सम्पूर्ण शुभेच्छुकहरु प्रति हार्दिक आभार पनि प्रकट गरिएको छ ।

Categorized in व्यक्तित्व