STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकामा महर्जनको श्रद्धाञ्जलि सभा

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २३, सोमबार

नेपालका क्लासिक डाइमण्डका संस्थापक एवं समाजसेवी अष्टमाया महर्जनको ४५ औ पुण्यतिथिको अवसर पारेर न्युयोर्क नेवा गुठीले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । स्व अष्टमाया न्युर्योकका नेवा गुठीका पुर्व अध्यक्ष समिर मर्हजनकी आमा हुन् । गुठीले न्युयोर्कस्थित शेर्पा किदुगको गुम्बामा धर्मगुरुहरुद्धारा स्व. अष्टमायाको आत्मा शान्तिको कामना गर्दै मन्त्र उच्चारण गरी दियो बालेर श्रद्धाञ्जलि अर्पण गरेका थिए । कार्यक्रममा गुठी परिवार लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले समेत बत्ति बालेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कार्यक्रममा नेवा गुठीका संस्थापक बीके नेवाले स्व. अष्टमाया महर्जन एक दानी समाजसेवी तथा नेपालका विभिन्न गुम्वाहरुलाई सहयोग गर्ने सच्चा बुद्ध धर्मका अनुयायी भएको बताएका थिए । गुठीका सचिव सन्तोष महर्जनले स्वागत भाषणबाट शुरु भएको कार्यक्रममा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवाद ज्ञापन गरेका थिए ।

Categorized in व्यक्तित्व