STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

डाक्टरी पेशासंगै मोडलिङमा पनि डा. पल्पसा श्रेष्ठ

Janjati Khabar – LALENDRA SHAKYA | २०७९ श्रावण २५, बुधबार

हाल डा. पल्पसा श्रेष्ठ २८ औं बसन्तमा छिन् । डा. पल्पसा श्रेष्ठ सुन्दरी प्रतियोगिता मोडल हन्ट नेपाल २०२२ को फिनालेमा पुगेकी छिन् । ब्लुक्रस अस्पताल तथा ट्रमा सेन्टरमा मेडिकल अफिसरको रुपमा कार्यरत डाक्टर श्रेष्ठले शनिबार आयोजित हुने ग्राण्ड फिनालेमा २७ जना प्रतियोगीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

डा. पल्पसा श्रेष्ठले सम्पूर्ण डाक्टरलाई प्रतिनिधित्व गरेर प्रतियोगितामा समावेश भएको बताएकी छिन् । डाक्टरी पेशा र मोडलिङ एक अर्कामा नितान्त भिन्न क्षेत्र भएकोले सुन्दरी प्रतियोगितामा भाग लिएदेखि आफूले असाध्यै नकारात्मक टिका टिप्पणी पाउने गरेको दुखेसो डा. पल्पसाले पोखिन् ।

डा. पल्पसा श्रेष्ठ भन्छिन्, हाम्रो समाज असाध्यै संकुचित छ । कुनै पनि क्षेत्र नराम्रो भन्ने हुँदैन । धेरैजसो आमाबुवाले आफ्नो छोराछोरी डाक्टर इन्जिनियर भएको हेर्न चाहन्छन् तर मोडल भएको स्वीकार गर्न सक्दैनन् । यहि भ्रमलाई चिर्न पनि मैले यसमा भाग लिएको हुँ । अब हाम्रो सोच कुवाभन्दा बाहिरको हुनुपर्यो।’

बेइजिङ युनिभर्सिटीबाट एमबीबीएस गरेकी डा. श्रेष्ठलाई सिनियर डाक्टरहरुले ‘डाक्टर जस्तो प्रतिष्ठित पेशामा हुनुहुन्छ, मोडलिङ चाहिँ किन गर्नुभयो र ? ’ भनेर प्रश्न सोध्ने गरेको उनी सुनाउँछिन् । कतिले त उनलाई ‘पूरै डाक्टरहरुको बेइज्जत नै गर्नुभयो नि’ भनेर कटाक्षसमेत गर्छन् ।  

विद्यालयमा पनि असाध्यै तीक्ष्ण उनको डाक्टर बन्ने सपना त पहिलेदेखि नै थियो । घरका लगभग सबै सदस्य डाक्टर भएपछि उनलाई यो पेशामा एक प्रकारको ‘मोह’ नै थियो तर उनले यसमा मात्रै भुल्न चाहिनन् । मोडलिङको दुनियाँले उनलाई आकर्षित गर्दथ्यो । मिस नेपालमा समेत जाने सोच थियो तर त्यसमा भाग लिन केही कुराले उनलाई रोक्यो । अब त पढाई सकियो भनेर उनले आफ्ना इच्छा र सपना पछ्याउने सोच बनाइन् । ‘मैले आफ्नो युथ पढाईमा खर्चिएँ । अब त पढाई सकियो । डाक्टर पनि बनिसकेँ । मोडलिङमा गएपछि धेरै थरी कुरा सुनिरहेको छ, त्यस्ता कुराहरुले कहिलेकाँही डिमोटिभेट गर्छ,’ उनले भनिन् ।

‘डाक्टरले यो लगाउनु हुँदैन, यस्तो खानु हुँदैन, यसरी हिँड्नु हुँदैन’ भनेर धेरैले नानाथरी कुरा गरिरहेको पनि उनी बताउँछिन् ।

तर उनलाई यस्ता कुरा चिर्न चाहन्छिन् । उनलाई उनको बलियो इच्छाशक्तिले यहाँसम्म डोर्याइरहेको छ । डाक्टर, इन्जिनियर, पाइलट मात्रै नभई, सबै क्षेत्र राम्रो छ भनेर उनले सन्देश दिन खोजेको डा. पल्पसा श्रेष्ठ बताउँछिन् ।

Categorized in व्यक्तित्व