STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

छायाँकार धुँजुलाई पत्नीशोक

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २९, शनिबार

माघ २९, काठमाडौं – नेपालका वरिष्ठ प्राविधिक, छायाँकार एवं एभरेष्ट फिल्म एकेडेमीका प्रिन्सिपल गौरीशंकर धुँजु श्रेष्ठकी जहान सरिता धुँजु श्रेष्ठको आज दिउँसो निधन भएको छ ।

५८ वर्षीय सरिता धुँजुको हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार हुँदाहुँदै निधन भएको हो ।

केही समयअघिदेखि पाठेघरको क्यान्सरबाट पीडित श्रेष्ठको आज निधन भएको हो ।

दिवंगत सरिता धुँजुका एकजना छोरा र दुईजना छोरी रहेका छन् ।

दिवंगत धुँजुको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको टाइम्स एफएमका संयोजक आर.के. श्रेष्ठले जानकारी दिनुभएको छ ।

Categorized in व्यक्तित्व