STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दलले बेवास्ता गरेकोले कलाकार रविन्द्र खड्काले उम्मेदवारी दिन पाएन

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ बैशाख १२, सोमबार

स्थानीय निकायको निर्वाचनले देशमा राजनीतिक माहोल गर्मिलो बनिरहेको छ । यही बैशाख ३० गते हुने  विभिन्न तह र तप्काका व्याक्तिहरुले आइतबार र सोमबार देशभरका स्थानीय निकायमा आफ्नो उम्मेदवारी दर्ता गराउने काम गरेका छन् ।

यसै बीचमा काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका चलचित्र कलाकार संघका अध्यक्ष समेत रहेका अग्रज अभिनेता रविन्द्र खड्का भने अन्तिम घडीमा चुनावको डौडबाट त्यागेका छन् । उम्मेदवारी दर्ताको लागि तोकिएको पहिलो दिन आइतबार सांझ प्रेस विज्ञप्ति सार्वजनिक गर्दै उनले आफु संलग्न पार्टी नेकपा एमालेले आफ्ना मुद्धाहरुलाई हलुका रुपमा लिएको र भेटघाट र छलफलसम्म गर्न नचाहेर आफुलाई बेवास्ता गरेको गुनासोसहित तत्कालको लागि मेयरको दावेदारीबाट पछि हटेको उल्लेख गरेका छन् ।

विझप्तिमा खड्काले आफु सदैव सकारात्मक सोचका साथ पार्टी भन्दा माथी उठेर ‘देश र नगरिक’ का लागि मरिमेट्ने कुरा पनि जोडेका छन् । उनले अर्को कार्यकालको लागि भने आफ्नो उम्मेदवारी निरन्तर रहने दावी पनि गरेका छन् । आफुले दावेदारी प्रस्तुत गर्न ढिला गरेको स्मरण गर्दै  छोटो अवधिमा आफुलाई साथ सहयोग र हौसला दिने पनौतीवासीदेखि चलचित्रकर्मी सबैलाई धन्यबाद पनि व्यक्त गरेका छन् ।

Categorized in व्यक्तित्व