STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अमेरिकन अवार्ड २०२२ द्वारा दीर्घराज जोशी अवार्डेड

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ २०, शुक्रबार

मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका दीर्घराज जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर अवार्ड २०२२” प्राप्त गरेका छन् । 

सो समारोहमा जोशी लगायत नेपालबाट स्पेशल केयर फाउन्डेशनकी कविता शर्मा, रेडियोलोजिष्ट डा. अरुण कुमार यादव ले विभिन्न विधाका अवार्डहरु प्राप्त गरेका छन् भने कार्यक्रम भर्चुअल प्रविधिवाट  सम्पन्न भएको थियो ।

तत्कालिन जनयुद्ध तथा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुलाई तत्काल सार्वजनिक गर भन्दै आन्दोलनमा उत्रिएका जोशीले राज्य पक्षबाट विविध किसिमका दमनहरुको पनि सामान गर्नु परेको थियो । नेपालमा त्यति बेलाको मानव अधिकार र शान्तिका लागि जोशीले विविध खाले संघर्षका कार्यक्रमहरु पनि गरेका थिए ।

शान्ति, मानव अधिकार र लोकतन्त्रको रक्षाको लागि काम गर्दै आएको संस्था कोक्यापले सञ्चालन गरेको कार्यक्रम “उनिहरु कहाँ छन् ?” नामक दवाबमुलक ३५ दिने पुर्व पश्चिमको साईकल यात्राले सरकारी तथा गैरसरकारी पक्षमा बेपत्ता पारिएका नागरिकहरुको अवस्था सार्वजनिक गर्न निक्कै दवाब दिएको  फलस्वरुप सरकारले तत्कालिन अवस्थामा नागरिक अगुवाहरु एवं जोशी जस्ता अधिकारकर्मीहरुको दवाबका कारणले बेपत्ता छानविन आयोगको गठन समेत गरेको थियो ।

जोशी मानवअधिकारका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा अध्ययन गरेका व्यक्ति हुनुका साथै सो सम्बन्धि तालिम समेत प्रदान गर्नुका साथै नेपालमा ख्याति कमाएका ईन्जिनियरिङ कन्सल्टयान्ट पनि हुन् ।

 उनले नेपालमा २०७२ सालमा गएको भुकम्पको समयमा आफ्नो निजीस्तर र केही दाताहरुको सहयोगमा भुकम्प पिंडितहरुलाई सुरक्षित घर बनाएर हस्तान्तरण गर्ने देखी लिएर दक्ष कामदारहरुको तैयारी गर्नको लागी सिपमुलक तालिमहरु समेत प्रदान गरेका थिए ।

सुदुरपश्चिम प्रदेशका कैलाली, धनगढीका स्थानिय दीर्घराज जोशी आफ्नो नियमित कर्म (ईन्जिनियरिङ कन्सल्टेन)वाहेक विभिन्न समाजिक कार्यहरुमा उत्तिक्कै सक्रिय रहेका छन् । उनका कामलाई मुल्यांकन गर्दै मानव अधिकारको क्षेत्रमा सक्रिए रहदै आएका जोशीलाई विभिन्न संघ संस्थाहरुले सम्मान एवं कदर समेत प्रदान गर्दै आईरहेका छन् । मानव अधिकार, लोकतन्त्र र शान्तिको लागि सक्रिए भुमिका निर्वाह गर्दै आएका जोशीलाई नेपालकै पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड समारोहमा “मानव अधिकार सेवा सम्मान २०२२” समेत प्राप्त गर्नुको साथै गण्डकी प्रदेश प्रमुखले उल्लेखनिय कार्य गरेको भन्दै जोशीलाई प्रशंसा पत्र प्रदान गरिसकेका थिए, त्यसै गरी अधिकारकर्मी जोशीले गिनिज बुक अफ वल्र्ड रेकर्ड २०१९, एभरेष्ट अनर अवार्ड २०१९ लगायतका अवार्ड तथा सम्मानहरु प्राप्त गर्नुका साथै स्थानिय निकायवाट प्रदान गरिने सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत जोशीलाई विभिन्न अवार्ड एवं सम्मानहरु प्रदान गर्दै आईरहेका छन् ।

Categorized in व्यक्तित्व