STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

आदर्श नारी चलचित्रका निर्देशकको निधन

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ १, आइतबार

नेपालमा निजि क्षेत्रले चलचित्र निर्माण थालनी गर्दाका प्रारम्भिक दिनहरुमा निर्माण भएको नेपाली चलचित्र आदर्श नारी का निर्देशक हेम लामाको आज निधन भएको कुरा उनका छोरा अभिनेता एवं पाइलट विजय लामाले आफ्नो सामाजिक सन्जाल मार्फत जानकारी गराएको छ । उनले जानकारी गराए अनुसार दिवंगत लामा करिब दुइ हप्ता देखि स्वास्थ्यमा कठिनाई आएकोले मनमोहन अस्पतालमा ccu मा हुनुहुन्थ्यो  र  आज दिउसो १:१५  बजे छोरा विजय लामाको हातमा अन्तिम सास लिनु भयो l

स्वर्गिय लामाको बुद्ध जयन्तिको दिन बालुवाटार आफ्नै निवासमा उहाको अन्तिम संस्कार गर्ने कुरा पनि अभिनेता एवं पाइलट लामाले उल्लेख गरेका छन् ।

बौद्ध धर्मको नियम अनुसार  पार्थिब शरीरलाई भोलि २ बजे स्वयम्भुको चिहानमा दाहसंस्कार गरिने भएको छ

Categorized in व्यक्तित्व