STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

समालोचक इन्द्र माली रहेनन्

Janjati Khabar – निश्चल | २०७८ बैशाख २३, बिहिबार

काठमाडौं – नेपालभाषा साहित्यका वरिष्ठ समालोचक इन्द्र मालीको आज बिहीबार बिहान निधन भएको छ ।

काठमाडौंको गंगालाल हृदय रोग प्रतिष्ठानमा उहाँको निधन भएको हो ।

लामो समयदेखि मुटुरोगबाट ग्रस्त मालीको गंगालाल अस्पतालमा उपचार भइरहेको थियो ।

दिवंगत मालीमा कोरोना भाइरस पोजेटिभ पनि देखिएकोले उनको शव व्यवस्थापन नेपाली सेनाबाट हुने सुचना पनि प्राप्त भएको छ ।

दिवंगत माली नेपालभाषा एकेदमिया संस्थापक हुनुहुन्छ भने उहाँ एकेदमिका पूर्व सदस्यसचिव पनि हुनुहुन्थ्यो ।

नेपालभाषा साहित्यका विविध विधामा समालोचना गर्नुहुने मालीको ‘नेपालभाषाया माध्यमिककालया छुं’ नामक पुस्तक प्रकाशित छ । उहाँको सम्पादकत्वमा ‘नेवाः हाइकु’ हाइकु संग्रह प्रकाशित छन् । माली हाइकु विधाका प्रखर समालोचक र हाइजि पनि हुनुहुन्थ्यो । यीबाहेक विविध पत्रपत्रिकामा उहाँको नेपालभाषाका समालोचना लेखरचनाहरु पनि प्रकाशित छन् ।

Categorized in व्यक्तित्व