STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान रहेनन्

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ बैशाख २३, बिहिबार

गोल्डेन भ्वाइस अफ नेपालका रुपमा चिनिएका वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीवार निधन भएको छ ।

छातीमा समस्या देखिएपछि उनलाई तीन दिन अगाडि न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

नेपाली सांगितिक क्षेत्रमा विशिष्ठ पहिचान बनाउन सफल गायक प्रधानको ८३ वर्षको उमेरमा निधन भएको हो । उनी कोरोना संक्रमित थिए ।

अति नै लोकप्रिय गीत घुम्तीमा नआउ है लगायत गायक प्रधानले नेपालको पहिलो व्यवसायिक चलचित्र ‘माईतीघर’ मा ‘नमान लाज यसरी’ गीत भारतीय गायिका उषा मङ्गेशकरसंग गाएका थिए ।

उनले नेपाली चलचित्र ‘जीवन रेखा’ मा ‘हाँस्ने रहरहरु आँसुमा डुबे’ लगायतका गीत पनि गाएका थिए । उनको ‘तारा मात्र होइन तिमीलाई जुन दाइजो दिइदिउँला’, ‘पर लैजाउ फूलहरु छोपिदेउ तारा जुन’ जस्ता अनगिन्ती गीत लोकप्रिय छन् ।

Categorized in व्यक्तित्व