STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यक्तित्व

  • २०७७ आश्विन २८, बुधबार

    क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

    पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनलाई काेराेना पोजिटिभ देखिएको पोर्चुगलको फुटबल फेडेरेसनले जनाएकाे छ। ‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।...

  • २०७७ आश्विन २४, शनिबार

    पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

    काठमाडाैँ –  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शुक्रबार पीसीआर परीक्षण गराएका उनको शनिबार रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिँदै केही दिन यता सम्पर्कमा आएका सबैलाई सतर्क रहन आग्रह गरेका छन् । उनलाई अहिले ज्वरो बाहेक अरु लक्षण देखिएको छैन ।

  • २०७७ आश्विन २३, शुक्रबार

    गायक विदु शर्मा रहेनन्

    काठमाडौं – नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक विदु शर्माको बिहीबार वीर अस्पतालमा निधन भएको छ । दमका रोगी ७० वर्षीय शर्माको सुगरको स्तर घटेपछि उहाँ वीर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो भने उपचारकै क्रममा उहाँको निधन भएको हो । उहाँको अन्तिम संस्कार बिहीबार नै पशुपतिको आर्यघाटमा सम्पन्न भएको थियो । शर्माको परिवारमा उनको जहान रहेका छन् । विसं २००७ सालको कार्तिक कृष्णपक्षको अष्टमीमा जन्मिनुभएका...

  • २०७७ आश्विन २३, शुक्रबार

    लुम्बिनी विकास कोषको सदस्य सचिवमा सानुराजा शाक्य नियुक्त

    काठमाडाैं – नेवार समुदायका सामाजिक एवं राजनीतिक क्षेत्रमा सुपरिचित एवं लामो समयदेखि मूलधारको राजनीतिमा सकृय रहँदै आएका ललितपुरका बौद्ध विद्धान तथा सामाजिक अभियन्ता सानुराजा शाक्यलाई लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्त गरेको छ। मन्त्रीपरिषदको सम्पन्न बैठकले बिहीबार लुम्बिनी विकास कोषको सदस्य सचिवमा शाक्यलाई नियुक्ति गरेको जनाएका छन् ।

  • २०७७ आश्विन २०, मंगलबार

    हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

    काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आज उनले सामाजिक सञ्जाल मार्फत आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । आचार्य दम्पत्तिले सामान्य लक्षण देखिएकाले पिसीआर जाँच गराएका थिए । मंगलवार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफ्नो सम्र्पकमा आउने सबैलाई होम...

  • २०७७ आश्विन २०, मंगलबार

    सांसद चौधरीलाई कोराना संक्रमण पुष्टि

    काठमाडौँ – सांसद शान्ता चौधरीलाई कोरोना संक्रमण भएको छ ।  उहाँले आज सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिनुभएको छ ।  उहाँको सोमबार स्वाब सङ्कलन गरिएकामा आज संक्रमण भएको पुष्टि भएको हो । उहाँले आफू संक्रमित भएपछि आफ्नो नजीक रहेका सबैलाई सजकता अपनाउन आग्रह गर्नुभयो ।

  • २०७७ आश्विन २०, मंगलबार

    महालक्ष्मीका नगरप्रमुख कोरोना मुक्त

    ललितपुर – महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ ।  नगर प्रमुख श्रेष्ठ कोभिड–१९ बाट सङ्क्रमित भएपछि ग्वार्काेको किष्ट मेडिकल कलेजमा भर्ना भएर उपचार गराइ रहनु भएको थियो । “आज मेरो कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ”, मेडिकल कलेजबाट घरजाने तयारीमा रहनुभएका प्रमुख श्रेष्ठले भन्नुभयो, “चिकित्सकले आवश्यक औषधि लेखेर एक हप्ता होम आइसोलेसनमा बस्न सुझाव...

  • २०७७ आश्विन १५, बिहिबार

    पत्रकार विक्रम शाक्य रहेनन्

    काठमाडौं – ललितपुरका क्रियाशील पत्रकार विक्रम शाक्यको देहावसान भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू, ललितपुर शाखाका पूर्वसचिव पत्रकार शाक्यको बुधबार राति १ बजे काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको हो । पाटन नःबहाःस्थित पद्मावतीका पत्रकार शाक्यले रत्नाकर महाविहारको संक्षिप्त परिचयको पुस्तक निकाल्नु भएको छ । उनले प्रकाशित प्रथम रचना ललितपुरको सात ढुङ्गेधारा ‘विश्वभूमि’ पत्रिकामा प्रकाशन भएको थियो...

  • २०७७ आश्विन १४, बुधबार

    सोनिका मानन्धरले जितिन् नेसनल जियोग्राफिक इमर्जिङ एक्सप्लोर अवार्ड

    काठमाडौं – नेपाली युवती सोनिका मानन्धर नेसनल जियोग्राफिक सोसाइटी २०२० क्लास अफ इमर्जिङ एक्सप्लोरर अवार्ड हात पार्न सफल भएकी छिन् । नेसनल जियोग्राफिकले सोमबार सार्वजनिक गरेको सन् २०२० को ग्लोबल एक्सप्लोररको आठ जनाको सूचीमा मानन्धर अटाएकी हुन् । सोनिका एलोई टेक्नोलोजीजकी सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हुन् । उनको कम्पनीले वित्तीय प्रविधि सम्बन्धी एउटा प्लेटफर्म बनाएको छ । जसले...

Pages