STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भौतिक पूर्वाधार मन्त्रीलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ कार्तिक ४, मंगलबार

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।

सोमबार पीसीआर परीक्षण गराउँदा आफूमा कोभिड-१९ पोजिटिभ देखिएको उनले बताएका छन् । उनले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् ।

आइतबार सामान्य ज्वरो आएपछि मन्त्री नेम्बाङले सोमबार परीक्षणका लागि स्वाब दिएका थिए । मन्त्री नेम्बाङको अवस्था सामान्य रहेको र हाल उनी निवासमै आराम गरिरहेको उनका प्रेस संयोजक सन्दिप राईले बताए ।

Categorized in व्यक्तित्व