STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

हरिवंश आचार्य दम्पतिलाई कोरोना संक्रमण

Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन २०, मंगलबार

काठमाडौं – वरिष्ठ कलाकार हरिवंश आचार्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । आज उनले सामाजिक सञ्जाल मार्फत आफू र श्रीमती रमिला आचार्यलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

आचार्य दम्पत्तिले सामान्य लक्षण देखिएकाले पिसीआर जाँच गराएका थिए । मंगलवार उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । उनले आफ्नो सम्र्पकमा आउने सबैलाई होम आइशोलेशनमा बसेर निर्धारित समयमा परिक्षण गर्न पनि आग्रह गरेका छन् ।

‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा अवलम्बन गर्नुहुन अनुरोध छ’ हरिवंशले फेसबुकमा लेखेका छन् ।

 

Categorized in व्यक्तित्व