STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

Janjati Khabar – एजेन्सी | २०७७ आश्विन २८, बुधबार

पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको परीक्षणमा उनलाई काेराेना पोजिटिभ देखिएको पोर्चुगलको फुटबल फेडेरेसनले जनाएकाे छ।

‘उनलाई कुनै लक्ष्यण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन्,’ फेडेरेसनले भनेको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेलमा उपस्थित हुने छैनन् ।

पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ ।

Categorized in व्यक्तित्व