STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गायक विदु शर्मा रहेनन्

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ आश्विन २३, शुक्रबार

काठमाडौं – नेपाली संगीत क्षेत्रका लोकप्रिय गायक विदु शर्माको बिहीबार वीर अस्पतालमा निधन भएको छ ।

दमका रोगी ७० वर्षीय शर्माको सुगरको स्तर घटेपछि उहाँ वीर अस्पतालमा उपचार गराउँदै हुनुहुन्थ्यो भने उपचारकै क्रममा उहाँको निधन भएको हो ।

उहाँको अन्तिम संस्कार बिहीबार नै पशुपतिको आर्यघाटमा सम्पन्न भएको थियो ।

शर्माको परिवारमा उनको जहान रहेका छन् ।

विसं २००७ सालको कार्तिक कृष्णपक्षको अष्टमीमा जन्मिनुभएका गायक विदु शर्माको वास्तविक नाम विद्वत्तम राज शर्मा हो । भजन गीत ‘एक जि यःम्ह कैलाशय् च्वंम्ह’ र ‘बांलाम्ह मय्जु गन दु’ बोलका नेपालभाषाका गीतहरुका साथै ‘भनिदेऊ उनलाई’ र ‘जुन कुराको डर’ जस्ता लोकप्रिय गीतहरु उनले गाएका छन् ।

‘बांलाम्ह मय्जु गन दु’ गीतको म्युजिक भिडियो नेपाल टेलिभिजनको पहिलो नेवार कार्यक्रम ‘हसना’बाट सार्वजनिक भएको थियो ।

 

Categorized in व्यक्तित्व