STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार

Janjati Khabar – Janjati Khabar | २०७७ फाल्गुण १६, आइतबार

काठमाडाैं – पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा सुधार देखिन थालेको छ ।

मस्तिष्कघात भइ नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा सुधार देखिन थालेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।  

‘क्रिटिकल नै छ तर, सुधार हुने क्रममा छ । खुट्टाको चाल हिजोको भन्दा राम्रो भएको छ’, नर्भिकका एक चिकित्सकले भने, ‘बिहान टाउको सिटिस्क्यान गरिएको छ । ड्रेन राखिएको छ ।’

बेहोस बनाउने औषधि दिन छोडिएको उनले बताए । शुक्रबार राति नेता जोशीलाई मस्तिष्कघात भएको थियो ।

Categorized in व्यक्तित्व