STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार अगुवा माणिकलाल श्रेष्ठ रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७७ चैत्र ३, मंगलबार

काठमाडौं - नेवार अगुवा एवं नेपालभाषा साहित्यका वरिष्ठ समालाेचक प्रा. माणिकलाल श्रेष्ठकाे आज विहान निधन भएकाे छ ।

८९ वर्षीय श्रेष्ठ लामाे समयदेखि अस्वस्थ थिए र उनकाे काठमाडौंकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे थियाे । उपचारककै क्रममा श्रेष्ठको निधन भएकाे हाे ।

उनकाे दुई छाेरा छन् । जेठाे छाेरा विदेशमा रहेकाले उनी नेपाल आएपछि मात्र श्रेष्ठको अन्तिम संस्कार गरिने जनाइएकाे छ ।

श्रेष्ठ नेपालभाषा साहित्य क्षेत्रका अग्रज समालोचक हुनुहुन्थ्यो । उनकाे साहित्यया सिद्धान्त पुस्तक भाग २ सम्म प्रकाशित भइसकेकाे छ ।

श्रेष्ठले नेपालभाषा केन्द्रीय विभागमा पनि अध्यापन गराउनुहुन्थ्याे ।

Categorized in व्यक्तित्व