STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

कलाकार निशा घिमिरेको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १७, बिहिबार

काठमाडौं - मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । नर्भिक अस्पतालमा उपचाररत घिमिरेको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्तिमा भनेका छन्  ‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले जेठ २७ गते उद्धार गरी निःशुल्क उपचार थालेको थियो ।

उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको अस्पतालले जनाएकाे छ ।

Categorized in व्यक्तित्व