STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपालभाषा काव्य जगतका स्रष्टा पूर्ण वैद्य रहेनन्

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र ११, शुक्रबार

नेपालभाषाको काव्य क्षेत्रमा आधुनिकताको जग राख्नुहुने कवि पूर्ण वैद्यको बिहीबार निधन भएको छ ।

कवि वैद्यको बिहीबार बेलुका पाटनको निदान अस्पतालमा मृत्यु भएको हो । वैद्यको परिवारका अनुसार शुक्रबार बिहान पशुपतिमा अन्तिम संस्कार गरिने भएको छ । कब्जियतको समस्या रहेका वैद्य भदौ २ गते निदान अस्पतालमा उपचारार्थ भर्ना भएका थिए भने उहाँको कोरोना परीक्षण पनि पोजेटिभ आएको थियो । भेन्टिलेटरमा उपचारार्थ वैद्यले कोरोना भाइरसविरुद्धको दुवै खोप लिइसकेका थिए ।

वैद्यको ‘सरासू’ कविता संग्रहलाई नेपालभाषाको पहिलो आधुनिक गद्य कवितासंग्रह मानिन्छ भने उहाँको ‘लः लः खः’ कवितासंग्रहले नेपालभाषाको काव्य साहित्यमा बेग्लै प्रवाह सुरु गरेको हो ।

नेसं १०६० (विसं १९९७) जनैपूर्णिमाको दिन भक्तपुरको चोछेँ टोलमा जन्मिनुभएका वैद्यलाई ‘सरासू’को लागि नेपालभाषाको प्रतिष्ठित श्रेष्ठ सिरपा दिइएको थियो । उहाँको ‘लः लः खः’ कवितासंग्रह अंग्रेजी भाषामा पनि अनुदित भएको छ ।

Categorized in व्यक्तित्व