STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नीलः सांस्कृतिक पुचःको उल्लेखनीय सांगितिक योगदान : जिउँदा सहिद राइमान शाक्यलाई रकम हस्तान्तरण

Janjati Khabar – LALENDRA SHAKYA | २०७८ कार्तिक २३, मंगलबार

सांगितिक सांस्कृतिक अभियान अन्तर्गत जनसमुदायबाट उठेको सहयोग रकम ४ लाख २९ हजार चानचुन ।

यो बाहेक सहयोगको लागि अन्य व्यक्तिहरुबाट पनि रकम सहयोग गर्ने आश्वासन ।

जिउँदा सहिद राइमान शाक्यलाई हस्तान्तरण गरेको रकम २ लाख पचास हजार पाँच रुपैंया ।

कीर्तिपुर/२०४६ साल जनआन्दोलनका जिउँदा सहिद कीर्तिपुर नयाँबजार निवासी राइमान शाक्यको सहयोगार्थ समाजसेवी एवं बरिष्ठ संगीतकर्मी तेजमान बज्राचार्य नेतृत्वको कीर्तिपुरको चर्चित सांगितिक सांस्कृतिक समूह ‘नीलः सांस्कृतिक पुचः’ द्वारा पांगा र कीर्तिपुर क्षेत्रमा सांगितिक एवं सांस्कृतिक अभियान प्रस्तुत गरी जनसमुदायबाट सहयोग रकम संकलन गरेको थियो । 

नीलः सांस्कृतिक पुचःको उक्त अभियानबाट संकलित रकम जम्मा ४ लाख २९ हजार चानचुन रहेको थियो भने अन्य विभिन्न व्यक्तिहरुबाट पनि रकम सहयोग गर्ने आश्वासन दिइएको जानकारी पुचः स्रोतबाट दिएको छ । 

नीलः सांस्कृतिक पुचःले उक्त सांगितिक सांस्कृतिक अभियानबाट उठेको रकममध्ये २ लाख ५० हजार ५ रुपैंया जिउँदा सहिद राइमान शाक्यलाई हस्तान्तरण गरेको छ । 

नीलः सांस्कृतिक पुचःका संस्थापक अध्यक्ष एवं धून कम्पोजर तेजमान बज्राचार्य तथा पुचःया सदस्य गुरु देव महर्जन एवं पुचःका अन्य सदस्यहरुको रोहबरमा जिउँदा सहिद राइमान शाक्यलाई उक्त रकम हस्तान्तरण गरेको थियो । 

नीलः सांस्कृतिक पुचः सम्बन्धित स्रोतका अनुसार, ४ लाख २९ हजार रकम उठेकोमा २ लाख ५० हजार ५ रुपैंयाँ जिउँदा सहिद राइमान शाक्यलाई हस्तान्तरण गरिएको र बाँकी रकम खाजा खर्चदेखि ढुवानी, साउण्ड तथा लाईट सिष्टम, प्राविधिक, कलाकार एवं सहयोगीहरुलाई पारिश्रमिकको रुपमा खर्च गरिएको जानकारी दिएको छ । 

जिउँदा सहिदको जीवनभर उपचारका लागि सरकारीस्तरबाट गर्नुपर्ने सहयोग नीलः सांस्कृतिक पुचः समाजसेवीको रुपमा उभिएर यसरी जिउँदा सहिदलाई जनसमुदायबाट आर्थिक संकलन गरेर सहयोग गरेकोमा नीलः सांस्कृतिक पुचःले समाजसेवा कार्यमा उल्लेखनीय योगदान गरेको विश्लेषकहरु भन्छन् । 

२०४६ सालको जन आन्दोलनमा कीर्तिपुर प्रहरी चौकी अगाडी जिउँदा सहिद राइमान शाक्यलाई निरंकुश पंचायत शासनका प्रहरीद्वारा चलाइएको तीन गोली खुट्टामा लागेको र हालसम्म छैठौं पटक अप्रेशन गरी गोलीका छर्रा निकालि सकेको छ ।

 

अप्रेशनबाट गोलीका छर्रा निकाली सकेपछि जिउँदा सहिद राइमान शाक्यले बैशाखीको सहारा त्यागिसकेको थियो । तर, हाल आएर फेरि खुट्टामा समस्या भई बैशाखीको सहारा लिनु परेको छ जिउँदा सहिद राइमान शाक्यले । 

जिउँदा सहिद शाक्यले अब सातौं पटकको अप्रेशनका लागि १२ लाख रकम आवश्यक पर्ने सार्वजनिक गरिसकेको छ भने शाक्यले अप्रेशनको लागि सम्पूर्णमा आर्थिक सहयोगको अपेक्षा गरेको छ ।

(कीर्तिपुरबाट प्रकाशित स्वर्णिम सन्देश साप्ताहिकबाट साभार)

Categorized in व्यक्तित्व