STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

माधव नेपाल अस्पतालबाट डिस्चार्ज

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १८, सोमबार

काठमाडौं - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल डिस्चार्ज भएका छन् ।

स्वास्थ्यमा समस्या आई १३ असोजको साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार विहान डिस्चार्ज भएका हुन् ।

अध्यक्ष नेपालको निजी सचिवालयले स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाहअनुसार केही दिन घरमै आराम गर्ने जनाएको छ ।

Categorized in व्यक्तित्व