STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

काठमाडौं १९ वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन

Janjati Khabar – Janjati Khabar | २०७८ भाद्र १७, बिहिबार

काठमाडौं महानगरपालिका १९ वडाका वडाध्यक्ष शशिलाल श्रेष्ठको निधन भएको छ ।

नर्भिक अस्पतालमा बिहीबार दिउँसो उनको निधन भएको थियो । खाना नलीको क्यान्सरबाट श्रेष्ठको निधन भएको हो । तीन महिनाअघि उनमा क्यान्सर पत्ता लागगेको थियो ।

श्रद्धाञ्जलिका लागि शुक्रबार बिहान उनको शवलाई १९ वडा कार्यालयमा राखिने र दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने श्रेष्ठको परिवारले जानकारी दिएका छ । 

नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय भएका श्रेष्ठ २०४९ सालको स्थानीय निकायको निर्वाचन वडाध्यक्ष निर्वाचित भएका थिए । त्यसपति २०५४ र २०७४ को स्थानीय निर्वाचनमा पनि उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

 

Categorized in व्यक्तित्व