राष्ट्रिय
-
२०७५ चैत्र २२, शुक्रबार
फोहर फाल्नेलाई फोहर ‘उपहार’
झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहर फाल्ने सुनिल...
-
२०७५ चैत्र २२, शुक्रबार
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत्...
-
२०७५ चैत्र २१, बिहिबार
भानुभक्तको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा अन्तर्राष्ट्रिय कवि सम्मेलन हुने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले पाँचाँै क्षेत्रप्रताप अधिकारी स्मृति दिवसका अवसर पारेर यही चैत २९ र ३० गते भानु नगरपालिका–५ चुँदीरम्घामा अन्तर्राष्ट्रिय कवि सम्मेलन गर्न लागेको हो । मञ्चका अध्यक्ष आकाश अधिकारीका अनुसार कवि सम्मेलनमा देश तथा विदेशबाट गरी ६० भन्दा बढी साहित्यकार सहभागी...
-
२०७५ चैत्र २१, बिहिबार
मदिरा उत्पादन गर्ने भाँडा किन्दै स्थानीय सरकार
पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएका हुन् । अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ । सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका...
-
२०७५ चैत्र २१, बिहिबार
भारतीय पक्षले बनाएको स्तम्भ भत्काइयो
नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो । मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई...
-
२०७५ चैत्र २१, बिहिबार
बजारमा ‘अत्यन्त खुशीको खबर’
लेखक उत्तम सेढाईंको‘अत्यन्त खुशीको खबर’ नामक पुस्तक बजारमा आएको छ । समाजमा भएका विकृति–विसङ्गतिविरुद्ध तिखो प्रहार गरिएको सो पुस्तकमा जनचेतना अभिवृद्धि गराउन लेखकले प्रयास गरेका छन् । सो पुस्तकको नेपाली काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले सार्वजनिक गर्नुभयो । सो अवसरमा नेता केसीले समाज परिवर्तनका निमित्त साहित्य तथा उसका सर्जकको महत्वपूर्ण देन रहेको उल्लेख गर्दै लेखक...
-
२०७५ चैत्र २१, बिहिबार
अपाङ्गका लागि विद्युतीय भोटिङ मेशिन
राष्ट्रिय अपाङ्ग महासङ्घको यही चैत २५ र २६ गते विराटनगरमा हुन गइरहेको आठौँ महाधिवेशनका लागि विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको छ । निर्वाचनमा सबैको समान पहुँच होस् भन्ने उद्देश्यले विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको महासङ्घका महासचिव राजु बस्नेतले बताउनुभयो । “सबैको निर्वाचनको अधिकार सुनिश्चित गराउने हामीले नयाँ सोच बनाएका हौँ”, बस्नेतले भन्नुभयो । महासङ्घमा हाल ३३१ सदस्य संस्था छन्...
-
२०७५ चैत्र २१, बिहिबार
चित्रकला प्रदर्शनी
यही चैत १६ गतेदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको चित्रकार रञ्जु यादवको एकल मिथिला चित्रकला प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण । विभिन्न २९ वटा चित्र रहेको उक्त प्रदर्शनी भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।
-
२०७५ चैत्र २१, बिहिबार
ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ
काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास गर्न उक्त कार्ययोजना अगाडि सारिएको...
-
२०७५ चैत्र २१, बिहिबार
साझाले थप २० नयाँ शहरी बस ल्याउँदै
साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी ९सिटी० बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उहाँले भन्नुभयो, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर...
-
२०७५ चैत्र २१, बिहिबार
मातृभाषा शिक्षाको विस्तार गरिँदै
ललितपुर महानगरपालिकाले मातृभाषा शिक्षाको विस्तार गर्ने भएको छ । अहिले १० बाल विकास केन्द्र इसिडी मा नेपाल भाषा रहेकामा आगामी दिनमा त्यसलाई विस्तार गर्दै जाने महानगरको योजना छ । आगामी दिनमा माथिल्ला कक्षासम्म मातृभाषालाई पढाइ गरिने नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सन्तानलाई मातृभाषामा पढाउन अभिभावकको चाहना बढ्दै जाँदा महानगरपालिकाले मातृभाषालाई विस्तार गर्न...
-
२०७५ चैत्र २१, बिहिबार
लोप हँुदै रैथाने जातका भैँसी
जिल्लाभरिमा कुनैबेला घरैपच्छिे देखिने भैँसी हिजोआज क्रमिकरुपमा लोप हुँदै जान थालेका छन् । पछिल्लो समय उन्नत जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीयले भैँसी पाल्न छोडेका हुन् । पहिले पहिले एउटै घरमा पाँच÷छ वटा भैँसी पाल्ने गरे पनि अहिले मुस्किलले मात्रै एउटा भैँसी पनि देखिने गरेको सायल गाउँपालिकाका दीर्घराज ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले गाउँमा प्रत्येकका घरमा पाँच÷छ वटा भैँसी हुन्थे...


