relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७५ चैत्र १९, मंगलबार

    भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ऋण

    नुवाकोटका भूकम्प पीडितलाई ग्लोबल आइएमई बैंंकले जिल्लामा पहिलोपटक शुरु गरेको पाँच प्रतिशत ब्याज अनुदानमा घर पुनःनिर्माण गर्न लाभग्राहीलाई रु तीन लाख ऋण प्रदान गर्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा। चन्द्रबहादुर श्रेष्ठ । उक्त बैंकले पहिलो चरणमा भूकम्प पीडित निजी आवास निर्माण कर्जा, कृषि तथा पशुपंक्षी कर्जा र महिला उद्यमशील कर्जा नौ जनालाई वितरण गरेको छ ।

  • २०७५ चैत्र १९, मंगलबार

    लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको स्रोतले पुग्दैनः अर्थमन्त्री 

     अर्थमन्त्री डा युवराज खतिवडाले लुम्बिनी गुरुयोजना पूरा गर्न सरकारको साधन स्रोतबाट मात्र सम्भव नहुने बताउनुभएको छ । उहाँले त्यसका लागि अन्तर्राष्ट्रिय सहयोग जुटाउन लुम्बिनी विकास कोष र सरकारको तर्फबाट पहल गरिने बताउनुभयो ।  आज लुम्बिनीमा रासससँग कुरा गर्दै मन्त्री डा खतिवडाले तीन वर्षभित्र गुरुयोजना पूरा गर्ने लुम्बिनी विकास कोषको लक्ष्यलाई सरकारले सहयोग गर्ने बताउनुभयो । यद्यपि गुरुयोजना पूरा...

  • २०७५ चैत्र १९, मंगलबार

    चक्रपथभित्रका करिडोर सञ्चालनमा ल्याइने

     काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ । उपत्यकामा बढ्दै गएको सवारीसाधनबाट हुने जामलाई कम गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, यातायात विभाग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा करिडोर सञ्चालनमा ल्याउन लागेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा चैत ११ र १२ गते नेपाल पुलिस क्लबमा यातायात व्यवसायी तथा...

  • २०७५ चैत्र १९, मंगलबार

    बससेवा निःशुल्क

    जनतालाई पहिलो पटक गाउँघरमै सिंहदरबार पुगेको अनुभूति दिने उद्देश्यले चाँगुनारायण नगरपालिकाले एकै ठाउँबाट सम्पूर्ण सरकारी एवं स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सम्पूर्ण सरकारी सेवादेखि स्वास्थ्य उपचारलगायत विभिन्न सेवा निःशुल्क पाउने गरी एकीकृत बृहत् घुम्ती शिविर सञ्चालन गरिने बताउनुभयो । यही चैत २० गते गृहमन्त्री...

  • २०७५ चैत्र १८, सोमबार

    ‘नियन्त्रण होइन व्यवस्थित गर्न सञ्चार ऐन’

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्ने नभई व्यवस्थित गर्ने उद्देश्यले सूचना प्रविधिसम्बन्धी ऐन ल्याउने तयारी गरिएको प्रष्ट पार्नुभएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आजको बैठकमा मन्त्री बाँस्कोटाले सामाजिक सञ्जाल ९फेसबुक, ट्वीटर, इमो, भाइबर, स्काइप, ह्वाट्सएपलगायत० लाई करको दायरामा ल्याउने उद्देश्यले ऐन ल्याउन...

  • २०७५ चैत्र १८, सोमबार

    अपाङ्गतामैत्री विद्यालय भवन निर्माण

    गोरखा नगरपालिका–३नारेश्वरमा करीब रु ७५ लाखको लागतमा अपाङ्गतामैत्री विद्यालय भवन निर्माण भएको छ । भूकम्पले क्षति पु¥याएको विन्ध्यावासिनी माध्यामिक विद्यालयको नवःनिर्मित भवन अपाङ्गतामैत्री बनेको हो । कूल रु ७५ लाख ४६ हजारका लागतमा भवन निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वनय एकाइ ९शिक्षा०का प्रमुख रामप्रसाद आचार्यले जानकारी दिनुभयो । फरक क्षमता भएका बालबालिकासमेत पठनपाठन गर्दै आएको उक्त...

  • २०७५ चैत्र १८, सोमबार

    भूकम्पपीडितका गुनासै गुनासा

    जिल्लाका ७९६ भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराउनेमा लगत सङ्कलनमै छुटेकादेखि सर्वेक्षण भए पनि लाभग्राहीमा पर्न नसकेकासम्म छन् । प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण गर्ने भएपछि गुनासा थप बढ्ने देखिएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाबाट ३११ ले गुनासा दर्ता गराएका छन् । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाका क्रमशः दुई सय ७५, ८० र २६ गुनासा...

  • २०७५ चैत्र १८, सोमबार

    प्रम हुरीबतास प्रभावित क्षेत्रमा ः राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।  निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले राहत र उद्धारमा कुनै समस्या हुन नदिन निर्देशन दिनुभएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले...

  • २०७५ चैत्र १८, सोमबार

    बारा पर्सामा चितवनबाट चिकित्सकको टोली जाँदै

    तराईका हावाहुरी प्रभावित जिल्लामा चितवनबाट चिकित्सकको टोली पठाइने भएको छ । हावाहुरीले बारा, पर्सालगायतका जिल्लाका अस्पतालमा चिकित्सकको अभाव खड्किएपछि चितवनबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाउन लागिएको हो । चितवन मेडिकल कलेजबाट ३५ जनाको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली त्यसतर्फ जाने तयारीमा रहेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले राससलाई जानकारी दिनुभयो । चिकित्सकसहितको...

  • २०७५ चैत्र १८, सोमबार

    प्रम ओली कलैया अस्पताल निरीक्षणमा

    प्रधामन्त्री केपी शर्मा ओलीले आइतबार साँझ आएको हावाहुरीबाट घाइते भई कलैया अस्पतालमा उपचाररत बारा जिल्लाका पीडितसँग भेटघाट गर्नुभएको छ । उहाँसँगै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र गृहमन्त्री रामबहादुर थापा पनि हुनुहुन्थ्यो । अस्पातालमा उपचार गराइरहेका ४९ जनाको घाइते अवस्था बुझी प्रधानमन्त्री ओलीले घाइतेको यथाशीघ्र भरपर्दो उपचार व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभयो...

  • २०७५ चैत्र १८, सोमबार

    अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

    नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार साँझ आएको हावाहुरीबाट बारा र पर्सा जिल्लामा ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले उक्त घटनामा परी ज्यान गुमाउनुहुनेप्रति शोक व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । पूर्वप्रधानमन्त्री दाहालले मृतक परिवार तथा हावाहुरीबाट घरबारविहीन परिवारमा उचित...

  • २०७५ चैत्र १८, सोमबार

    दुई सय टन धुलो सङ्कलन

    काठमाडौँ महानगरपलिकाले बु्रमर सञ्चालन गरेको एक हप्ता पुग्नै लाग्दा सडकबाट दुई सय टन धुलो सङ्कलन गरेको छ । महानगरले गत बुधबारदेखि सुन्दर शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थालेको हो । गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच बु्रमर प्रयोगमा ल्याइएका हुन । हरेक दिन पाँच यन्त्रले निर्धारण गरेको रुट अनुरुपनै काम गरिरहेका जनाइएको छ । महानगरको वातावरण विभाग प्रमुख हरिकुमार...

Pages