राष्ट्रिय
-
२०७५ चैत्र १८, सोमबार
हरेक दिन नेपाल विकासको तीव्र गतिमा प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन नेपाल विकासको तीव्र गतिमा अघि बढेको बताउनुभएको छ । देशमा चौतर्फी विकास हुँदैआएको उल्लेख गर्दै उहाँले अब देशले छिट्टै समृद्धिको लक्ष्य हासिल गर्ने बताउनुभयो । झापाको दमक–७ स्थित पशुहाट क्षेत्रमा नवनिर्मित पशुपक्षी हाटबजारको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै प्रधानमन्त्री ओलीले मुलुकलाई अब समृद्ध र समुन्नत बनाउने महाअभियानमा सबै...
-
२०७५ चैत्र १८, सोमबार
गोदावरीमा धमाधम डिप बोरिङ
गोदावरी नगरपालिकाभित्रका वडामा धमाधम डिप बोरिङको काम अघि बढेको छ । गोदावरीले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको काम अघि बढाएको हो । रु एक करोड ५० लाख लगानीमा वडा नं १० मूलडोलमा डिप बोरिङ गरी पानी निकालिसकिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । “त्यहाँ ६ इञ्चको पानी निकाल्यौँ”, महर्जनले भन्नुभयो, “काठमाडौं उपत्यका खानेपानी...
-
२०७५ चैत्र १८, सोमबार
ऐतिहासिक पोखरीको प्रतिवेदन तयार
भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः ९पोखरी० उत्खननसम्बन्धी अध्ययन प्रतिवेदन भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । ऐतिहासिक भाज्या पुखु जीर्णोद्धार समितिका संयोजक प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले आइतबार प्रतिवेदन नगरप्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गर्नुभयो । प्रा डा श्रेष्ठले १२ औँ शताब्दीमा बनेको भाज्या पुखुको अन्तिम प्रतिवेदन इतिहासविद्, संरक्षणविद्, जनप्रतिनिधि,...
-
२०७५ चैत्र १८, सोमबार
घरदैलोमा स्वास्थ्य सेवा
भेरी नगरपालिका–९ का ६५ वर्षीय कालीबहादुर पुन लामो समयदेखि छाती दुख्ने समस्याबाट पीडित भएको बताउनुहुन्छ । पेट दुख्ने ब्यथा लागे पनि आफूलाई उपचार गर्न लैजाने आफन्त नहुँदा पीडा सहेर बसेको उहाँको दुखेसो थियो । शनिबार बिहान घर नजिकै स्वास्थ्य शिविर छ, भन्ने सुनेपछि जाँच गराएर औषधि सेवन गर्न थालेको उहाँको भनाइ छ । नजिक स्वास्थ्य संस्था नहुँदा हिँड्न नसक्ने भएकाले अस्पताल जाँन नसकेको भन्दै पुनले...
-
२०७५ चैत्र १८, सोमबार
प्रदेशसभाबाट पाएको सेवा सुविधा सामाजिक काममा काङ्ग्रेस नेता विन्दकुमार थापा
नेपाली काङ्ग्रेसका नेता एवं गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले प्रदेशसभा सदस्यवापत प्राप्त गरेको एक वर्षको मासिक पारिश्रमिक एवं बैठक भत्ता र अन्य सुविधा सामाजिक काममा खर्चिनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा थापाले विसं २०७४ माघ महीनादेखि २०७५ माघसम्म आफ्नो खातामा प्रदेशसभाबाट आएको जम्मा रु सात लाख नौ हजार १३५ सहित सामाजिक काममा रु १० लाख ५४...
-
२०७५ चैत्र १८, सोमबार
कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन
नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली ९इपिएस० मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेपनि भाषा...
-
२०७५ चैत्र १८, सोमबार
हावाहुरीमा परेका घाइतेको उपचार गर्न आग्रह
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले बारा र पर्साका विभिन्न क्षेत्रमा गए राति आएको हावाहुरीबाट पीडितलाई थप उद्धार, राहत र क्षतिपूर्तिका साथै घाइतेको उपचार गर्न सरकारलाई आग्रह गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा घटना हुनासाथ सरकारका तर्फबाट उद्धारमा देखाइएको तत्परताले थप मानवीय क्षति हुनबाट बचाएको उल्लेख गरिएको छ । विज्ञप्तिमा...
-
२०७५ चैत्र १८, सोमबार
प्रधानमन्त्री पर्सा र बारा प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । प्रम ओलीसँगै...
-
२०७५ चैत्र १८, सोमबार
संस्कृति बचाउन अघि सरे युवा
संरक्षणको अभावमा लोप हुनलागेका मौलिक कला संस्कृतिको संरक्षणमा थवाङका युवा अघि सरेका छन् । युवाको उक्त अभियानलाई स्थानीय सरकारले साथ दिएको छ । वषौँदेखि देखिन छोडेका त्यस्ता कला संस्कृतिले यसवर्ष थवाङमा आयोजित सांस्कृतिक महोत्सवको अवसरमा पुनरजीवित हुने अवसर पाएका हुन् । वितेका ५५ वर्षयता ननाचिएको नचारु नाँच यस पटक गाउँपालिकाले विशेष पहल गरी प्रदर्शन गरेको थियो । “वडा वडामा २० दिन लामो तालीम दिई...
-
२०७५ चैत्र १८, सोमबार
मृतकका परिवारलाई तीन लाख दिने प्रदेश सरकारको निर्णय
गए राति हावाहुरीबाट बारा, पर्सालगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश नं २ को मन्त्रिपरिषद्ले गहिरो दुःख प्रकट गरेको छ । आज बिहानै बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई रु तीन लाख तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ । आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २५ भन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्जलगायतका अस्पतालमा ४००...
-
२०७५ चैत्र १८, सोमबार
अभिलेखालयमा जनशक्ति अभाव
कार्यालयको स्तरोन्नति भएको आठ महीना बित्दासमेत जनशक्ति कम हुँदा राष्ट्रिय अभिलेखालयमा दैनिक कार्यालय सञ्चालन गर्न कठिनाई हुन थालेको छ । गत साउनमा अभिलेखालयको विभागस्तरमा स्तरोन्नति भएको थियो । त्यसअघिसम्म पुरातत्व विभागअन्तर्गत अभिलेखालय थियो । साउनपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सिधँै हेर्न थालेको हो । अभिलेखालयको वेवसाइटमा भने अझै विभाग अन्तर्गत नै कार्यालय रहेको उल्लेख छ ।...
-
२०७५ चैत्र १८, सोमबार
प्रधानमन्त्री पर्सा र बारा जानुहुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले गए राति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी...


