STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

पर्वतको महाशीला गाउँपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । गाउँपालिकाले आफ्नो दललाई कुनै पनि काममा सहभागी नगराएको भन्दै प्रतिपक्षी नेपाली काङ्ग्रेसले सोमबारदेखि तालाबन्दी गरेको हो ।
यस अगाडि चरणबद्धरूपमा ध्यानाकर्षणपत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिलाई भेटेर काङ्ग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिनेलगायतका गतिविधि गरिरहेको काङ्ग्रेसले सोमबारदेखि पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो । काङ्ग्रेसले चरणवद्धरूपमा आन्दोलन गरेपछि गाउँपालिका र काङ्ग्रेसबीच सोमबार दिउँसो वार्ता भए पनि सहमति नभएपछि तालाबन्दी गर्नुपरेको आन्दोलनरत नेपाली काङ्ग्रेसका उज्ज्वल गुरुङले जानकारी दिनुभयो ।
 
वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको गुरुङले बताउनुभयो । छलफलका क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आप्mनो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्षविहीन भएको थियो । काङ्ग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काङ्ग्रेसका मागलाई हाँसोमा उडाउनुसरह हो भन्दै तालाबन्दी गरेको जनाएको छ । 
काङ्ग्रेसले आप्mना न्यूनतम माग पूरा हुनुपर्ने, अधिकारसहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमति कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकाले घटाइनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलापमा काङ्ग्रेसलाई पनि सहभागी गराइनुपर्ने माग पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलिने अन्यथा  तालाबन्दी अनिश्चितकालसम्म रहने बताएको छ ।
गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले काङ्ग्रेसलाई विभिन्न सात विषयमा छलफलका लागि बोलाइएको तर त्यो वार्ताका रूपमा भने नरहेको बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मङ्गलबार पुनः छलफल गर्ने तयारी भए पनि काङ्ग्रेसले आप्mना माग पूरा गर्नुपर्ने माग गर्दै तालाबन्दी गरेको जानकारी दिनुभयो । उहाँले यो समस्याको समाधान छिट्टै समाधान हुने बताउनुभयो । 
Categorized in राष्ट्रिय