STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाइने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकास र आर्थिक समृद्धिका लागि विज्ञान र प्रविधिको भरपूर उपयोग गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नाष्ट० लाई निर्देशन दिनुभएको छ । नाष्टका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा नाष्टको ४२ औँ प्राज्ञ बैठकलाई सम्बोधन गर्दै नाष्टले विज्ञान र प्रविधिको माध्यमबाट नयाँ ढङ्गबाट अनुसन्धान र आविष्कार गरी उद्यमशीलताको विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
 
 
“विकास र समृद्धिका लागि नाष्टले नयाँ ढङ्गले काम गर्नुपर्छ । प्राकृतिक स्रोतसाधनको उचित प्रयोगका साथ नवीन अनुसन्धान र आविष्कार जरुरी छ, त्यसका लागि द्रुत गतिमा काम अघि बढाउनुपर्छ”, प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले भन्नुभयो ।
 
प्राज्ञ बैठकले चालू आव २०७५÷०७६ को नीति तथा कार्यक्रम पारित गर्नाका साथै करीब रु ३० करोड बजेट पनि स्वीकृत गरेको छ । लामो समयदेखि प्राज्ञसभा बैठक बस्न नसक्दा कामकारवाही प्रभावित भएको अवस्थामा प्राज्ञ बैठकले आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने नाष्टले जनाएको छ ।
 
बैठकले नाष्टको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । विभिन्न विधामा दिइने पुरस्कारलाई पनि बैठकले स्वीकृति प्रदान गरेको र छिट्टै वितरण गरिने उपकुलपति श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सीमित स्रोत र साधन भए पनि नाष्टले प्रभावकारी रुपमा काम गरिरहेको छ ।  अनुसन्धान र आविष्कारका क्षेत्रमा प्रभावकारी कामका लागि अर्को आवमा नयाँ कार्यक्रम ल्याइनेछ । युवा जनशक्तिलाई लक्ष्य गरेर समृद्धिका लागि नवप्रवत्र्तन कार्यक्रम सञ्चालन गरिनेछ । नाष्टले प्लाष्टिकबाट इन्धन निकाल्ने प्रविधिलाई थप प्रभावकारी बनाउने तथा जडीबुटी र वन्यजन्तुको ‘बारकोड’ जस्ता विषयमा  काम अघि बढाउने भएको छ । 
 
उपकुलपति श्रेष्ठले आगामी २०७६ वैशाख ४ गते नाष्टले नेपालको आफ्नै भूउपग्रह प्रक्षेपण गर्न लागेको जानकारी दिनुभयो । बैठकले बारा र पर्सामा हावाहुरीले पु¥याएको क्षतिबारे शोक प्रस्तावसमेत पारित गरेको छ ।
Categorized in राष्ट्रिय