राष्ट्रिय
-
२०७५ चैत्र १५, शुक्रबार
यान्त्रिकरणले आलुखेतीमा सरलता
आलुखेतीमा यान्त्रिकरणले यहाँका कृषकलाई लगानी तथा उत्पादनमा निकै सरलता भएको पाइएको छ । आलुखेतीका लागि ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागत कम भएको र उत्पादनमा समेत कमी नभएको मण्डन देउपुर नगरपालिका–७ पौवाटारका कृषक गोविन्द नेपालले बताउनुभयो । उहाँले भन्नुभयो, “आलु रोप्ने ड्याङ बनाउन यन्त्र प्रयोग गर्दा उत्पादन लागतमा कमी हुन्छ, समयको पनि बचत हुन्छ ।” उहाँको दुई रोपनी जमीनमा आलुको ड्याङ...
-
२०७५ चैत्र १५, शुक्रबार
लगानी सम्मेलनः लगानीका लागि सहज वातावरण निर्माण
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता...
-
२०७५ चैत्र १५, शुक्रबार
असिनाले हिउँदेबालीमा क्षति
रुकुम ९पूर्व० का विभिन्न स्थानमा परेको असिनाले गहुँ, जाँै र तरकारीबाली तथा फलफूललाई ठूलो क्षति पु¥याएको छ । यस वर्ष समयसमयमा हिउँदे वर्षा हुँदा हिउँदेबालीको उत्पादनमा वृद्धि हुने आशमा बसेका किसान अहिले चिन्तित बनेका छन् । “सिँचाइ सुविधा नभएको सबै ठाउँमा यस वर्षको वर्षाले गहुँ र जौँ बाली राम्रो भएको थियो”, किसान टेकप्रसाद रोकाले भन्नुभयो, “खेतबारीमा नै सेताम्य हुने गरी असिना परेपछि सबै बाली सखाप...
-
२०७५ चैत्र १५, शुक्रबार
आयात घटाउन चैतेधान उत्पादनमा जोड
नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने धानमा रोक लागाउन चैतेधान उत्पादनमा थप जोड दिनुपर्ने सुझाव दिइएको छ । यस मौसममा बर्खाभन्दा चर्को घाम लाग्ने हुँदा असारको तुलनामा धेरै धान उत्पादन हुने भएकाले यसै महिनामा धान लगाउन कृषि विज्ञले सुझाव दिएका हुन् । चैत दिन लामो र रात छोटो हुने तथा घाम बढी समयसम्म लाग्ने महिना पनि हो । यो प्रायःआकाशमा बादल नलाग्ने बेला हो । सूर्यको ताप बढी हुने र सूर्यको...
-
२०७५ चैत्र १५, शुक्रबार
पत्रकारिता तालीम
मोफसलका पत्रकारलाई सशक्त बनाउन प्रशिक्षण दिइएको छ । बिहिबारसम्पन्न दुईदिने प्रशिक्षणमा शुसासन र विकास विषयमा केन्द्रित रही पत्रकारले स्थलगत समाचार सङ्कलन र लेखनका साथै आम नागरिकलाई जानकारी गराउन त्यसमा समेट्नुपर्ने विषयवस्तुलगायत विषयमा जानकारी दिइएको नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो । अस्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा काठमाडौँस्थित राष्ट्रिय सञ्चार विकास...
-
२०७५ चैत्र १५, शुक्रबार
सामाजिक विषयको प्रश्नपत्र ‘आउट’ ःघण्टाघर तनावग्रस्त
आज शुक्रबार हुने एसइई परीक्षामा प्रदेश नं २ को समाजिक विषयको प्रश्नपत्र फेसबुकबाट ‘आउट’ भएको पुष्टि भएपछि सोको विरोधमा विद्यार्थीले नाराबाजी गरेपछि वीरगञ्जको घण्टाघर क्षेत्र तनावग्रस्त भएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि परीक्षा नियन्त्रण कार्यालयले आकस्मिक बोर्ड बैठक डाकेको थियो । बोर्डले बिहान साढे ७ बजे प्रदेश नं २ को सामाजिक विषयको प्रश्नपत्र खोलेर हेरेपछि प्रश्नपत्र आउट भएको पुष्टि भएपछि...
-
२०७५ चैत्र १५, शुक्रबार
भक्तपुरमा आजदेखि मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु
भक्तपुर नगरपालिका र नेपाल आँखा कार्यक्रम तिलङ्गा आँखा प्रतिष्ठानको सहकार्यमा च्यामासिंहका जिल्ला सामुदायिक आँखा केन्द्रमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया शुरु भएको हो । मोतिबिन्दु शल्यक्रियाको उद्घाटन गर्दै नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भक्तपुरमै सबै किसिमका आँखा सेवाको उपचार शुरु हुनु गौरवको विषय भएको बताउनुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरिकले सस्तो र...
-
२०७५ चैत्र १५, शुक्रबार
माथिल्लो त्रिशूली थ्री ‘ए’को बाँधस्थलको परीक्षण सफल
रसुवामा बाँध र नुवाकोटम विद्युत् उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको संरचना निर्माण पूरा भएसँगै विद्युत् उत्पादनका लागि थालिएको परीक्षण सफल हँुदै गएको छ । आगामी वैशाख १७ गतेदेखि विद्युत् उत्पादन थाल्ने लक्ष्य लिएको आयोजनाले यही चैत १ गतेदेखि शुरु गरेको बाँधस्थलको परीक्षण बिहीबार सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिनुभयो ।...
-
२०७५ चैत्र १५, शुक्रबार
वर्डफ्लुका कारण ५० हजार कुखुरा नष्ट
वर्डफ्लुुबाट प्रभावित जिल्लाका विभिन्न क्षेत्रबाट हालसम्म ५० हजारभन्दा बढी कुखुरा नष्ट गरिएको छ । वर्डफ्लुु प्रभावित क्षेत्रमा रहेका ४८ पोल्ट्री फार्ममध्ये संक्रमित देखिएका २८ फार्ममा रहेका उक्त परिणामको कुखुरा नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पशु चिकित्सकसहितको टोलीले प्रभावित क्षेत्रबाट नौ हजार १५ अण्डा र एक हजार ४६३ किलो दाना पनि...
-
२०७५ चैत्र १५, शुक्रबार
योग्य पुरोहितको अभाव
विद्यालयस्तरमा संस्कृत शिक्षाको पठनपाठन नहँुदा योग्य पुरोहितको अभावमा कर्मकाण्ड र पूजापाठ प्रभावित हुँदै गएका छन् । ब्राह्मणकै अभावमा जन्म, चूडाकर्म, विवाह र मृत्यु संस्कारसमेत प्रभावित हुन थालेपछि स्थानीयहरु चिन्तित हुन थालेका छन् । संस्कृत शिक्षा पढेर रोजगारी नपाइने र आधुनिक समाजसँग मेल नखाने सोचाइका साथ ब्राह्मणहरुले पनि संस्कृत पढन् छाडेपछि जिल्लामा धार्मिक कार्य र अनुष्ठानका लागि पुरोहित...
-
२०७५ चैत्र १५, शुक्रबार
प्रदेशसभा विषयगत समितिको निर्वाचन चैत २२ गते हुने
प्रदेश नं। १ प्रदेशसभाले ‘प्रदेश भवन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव पारित गरेको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९४९१० ९ख० र नियम ९५ बमोजिम सो प्रस्ताव आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले सभामा पेश गर्नुभएको थियो । यसअघि आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य...
-
२०७५ चैत्र १५, शुक्रबार
फोहर र हिलो नियन्त्रणमा पहल थालिने
काठमाडौँ महानगरपालिकाले महानगरभित्र नियमितरूपमा आउने फोहर र हिलो नियन्त्रणका लागि पहल गर्ने भएको छ । बुधबारदेखि यान्त्रिक कुचो ९ब्रमुर० ले बढार्न थाले पनि आज यहाँ भइरहेका निर्माणस्थल र सवारीबाट ठूलो परिमाणमा फोहर सडकमा जम्मा भएको महानगरपालिकाले जनाएको छ । एकातिर सफाइ गरिरहँदा अर्कातिर फोहर भित्रिरहने हुँदा नियन्त्रण गर्ने योजना बनाइएको महानगरपालिकाले जनाएको छ । अहिले सम्पदा र निजी आवास निर्माण...


