STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र १४, बिहिबार

    प्राङ्गारिक तरकारीको माग

    बागलुङको जैमिनी नगरपालिका–२ दमेकका टीकाराम सापकोटाले प्राङ्गारिक तरकारी खेती गर्न थालेको २२ वर्ष भयो । स्थानीय बजारमा उहाँले उत्पादन गरेको तरकारीको माग अहिले झन बढ्न थालेको छ । दमेकको बनहुँमा रहेको सात रोपनी खेतबारीमा उहाँले फलाएको तरकारीले राम्रो बजार पाउने गरेको हो । विसं २०५३ देखि निरन्तर तरकारी खेती गर्दै आउनुभएका सापकोटाले तरकारी बिक्रीबाट मासिक रू ३० हजारभन्दा बढी खुद नाफा गर्दै आउनुभएको छ...

  • २०७५ चैत्र १४, बिहिबार

    सत्र अर्ब राजश्व सङ्कलन

    आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयले साउनयता फागुन मसान्तसम्म लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । कार्यालयका सुचना अधिकारी धनेश्वर अर्यालका अनुसार सबैभन्दा बढी अन्तःशुल्कमा रु १५ अर्ब ५२ करोड ६० लाख १३ हजार उठेको छ । त्यसैगरी आयकरमा रु ९९ करोड ९७ लाख १० हजार, मूल्य अभिवृद्धि...

  • २०७५ चैत्र १४, बिहिबार

    फेवा नव वर्ष महोत्सव

    नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विकल तुलाचनले दिनानुदिन प्रदूषित...

  • २०७५ चैत्र १४, बिहिबार

    तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलील वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताउनुभएको छ । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उहाँले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय...

  • २०७५ चैत्र १४, बिहिबार

    आठौँ संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला शुरु

    नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारीकरण गर्ने उद्देश्यले आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलाको आठौँ संस्करण आजदेखि शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा स्थानीय भृकुटीमण्डपमा शुरु भएको मेलामा २२५ बिक्री...

  • २०७५ चैत्र १४, बिहिबार

    विद्यालय अनुगमन

    नागरिक समाजको तर्फबाट सिद्धलेक गाँउपालिकाको आधारभूत विद्यालय र माध्यमिक विद्यालयको शिक्षा क्षेत्रको सेवाप्रवाहको निगरानी गरिएको छ । पारस्पारिक जवाफदेहिता परियोजनाको पहलमा बुधबार नागरिक समाजले तीन विद्यालयमा अनुगमन गरेको हो । भौतिक संरचनाअन्तर्गत भवन र कक्षाकोठाको प्रयोग र सजावट अवस्थाबारे अवलोकन गरिएको थियो । त्यसैगरी विद्यालय हाताको फोहर व्यवस्थापन र सरसफाइको अवस्था र पाठ्यसामग्रीसहित पुस्तकालय...

  • २०७५ चैत्र १४, बिहिबार

    अब हिंसा र क्रान्ति आवश्यक छैन प्रधानमन्त्री

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक आन्दोलनबाट गणतन्त्रको स्थापना भई मुलुक सामाजिक न्यायसहितको समृद्धितर्फ अघि बढेकाले अब क्रान्तिका नाममा हिंसाको बाटो समात्नुको कुनै औचित्य नभएको बताउनुभएको छ । नेकपाको प्रदेश नं ३ को प्रथम बैठकको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब कुनै अधिनायकवादको आकाङ्क्षा असम्भव भएको र हिंसाबाट सत्ता कब्जा हुन्छ भन्ने...

  • २०७५ चैत्र १४, बिहिबार

    धेरै बच्चा जन्माएका बावुआमालाई मुटुको रोगको खतरा बढी

    पाँच वा त्यो भन्दा बढी बच्चा जन्माउने अविभावकलाई एक वा दुई बच्चा जन्माएकालाई भन्दा बढी मुटु रोगको खतरा हुने गरेको एक अध्ययनले देखाएको छ । “यसअघिका धेरै अध्ययनलाई महिलाको प्रजनन् क्षमतासँंग सम्वन्धित गराइएको थियो, ती अध्ययनमा पहिलो बच्चा जन्माउँदाको उमेर र त्यसपछि ती महिलाको जीवनमा मुटुसम्वन्धी रोगको खतराका बारेमा अध्ययन गरिएको छ,” अध्ययनकर्ताहरूले भनेका छन् । उनीहरुका अनुसार अहिले भने परिवारको...

  • २०७५ चैत्र १४, बिहिबार

    ‘पर्यटकीय सवारी चालकलाई पोशाक अनिवार्य’

    पर्यटकीय सवारी साधन चलाउने चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने भएको छ । नेपाल पर्यटन बोर्ड र भृकुटीमण्डस्थित पर्यटक प्रहरी एकाइको आयोजनामा आज यहाँ सञ्चालित ‘पर्यटक सवारी चालक अनुशिक्षण कार्यक्रम’मा पर्यटकको सुविधाका लागि पर्यटकीय सवारी साधनका चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिइएको हो । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले भन्नुभयो, “पोशाक र परिचयपत्र...

  • २०७५ चैत्र १४, बिहिबार

    अस्पतालको छेउमै असहाय तीन दाजुबहिनी मृत्युसँग लड्दै

    रोल्पा अस्पताल नजिकै रहेको एक झुपडीमा मृत्युसँग लड्दै गरेकी छिन् बोल्ने नसक्ने ५७ वर्षीया आसारा सुनार । उनीसँगै उनका दाजु ६० वर्षीय गोपाल र ५५ वर्षीय भाइ प्रसाद सुनार पनि बोल्न सक्दैनन् र बिहान बेलुकाको खाना जोहो गर्न तड्पिरहन्छन् । घर वरपर रहेको बोइलर कुखुराको फार्मबाट आउने दुर्गन्धले बसिनसक्नु भए पनि उनीहरुलाई त्यहाँ बस्नुको विकल्प छैन । आवाजविहीन ती तीन दाजुबहिनी रोल्पा नगरपालिकाको मुटु मानिने...

  • २०७५ चैत्र १४, बिहिबार

    चुनढुङ्गाढुवानी सेवा ठप्पः सिमेन्ट उद्योग प्रभावित

    तिनाउगाउँपालिकामा सञ्चालित चुनढंङ्गा खानीबाट ढुवानी सेवा ठप्प भएको छ । ढुवानी सेवा ठप्प भएपछि कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योग प्रभावित भएका छन् । वैज्ञानिक भाडादर लागू नहुदाँसम्म ढुवानी हुन नसक्ने भन्दै ढुवानी व्यवसायी आन्दोनमा उत्रिएपछि विगत आठ दिनदेखि सो सेवा ठप्प भएको हो । चार वर्षदेखिकै मूल्यमा चुनढुङ्गाा ढुवानी गर्न बाध्य हुँदा आफूहरु घाटामा रहेको व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योगले...

  • २०७५ चैत्र १४, बिहिबार

    स्वास्थ्य कार्यालयको उद्घाटन

    गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको...

Pages