STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

विमानस्थलमा विशेष अध्यागमन डेस्क स्थापना

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

लगानी सम्मेलनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै अध्यागमन डेस्क सञ्चालन गरिएको छ । गैरआवासीय नेपालीको आवागमनलाई सहज बनाउन छुट्टै अध्यागमन डेस्कको स्थापना गरिएको हो । विमानस्थलको अध्यागमन कार्यालयको सहयोगमा गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले अध्यागमन डेस्क स्थापना गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । बिहीबार उद्घाटन गरिएको अध्यागमन डेस्क विदेशी पाहुना, व्यवसायी तथा कूटनीतिक अधिकारीको सहजताका लागि चार दिनसम्म सञ्चालन हुनेछ । एनआरएनएका अध्यक्ष भवन भट्टले लामो समयदेखिको प्रयासले सार्थकता पाएको बताउँदै सम्मेलनमा सहभागी पाहुनाको सहजताका लागि डेस्क उपयोगी हुने उल्लेख गर्नुभयो । सरकारले गैरआवासीय नेपालीलाई मुलुकका महत्वपूर्ण एजेन्डामा समेत सहभागी गराएको बताउँदै उहाँले आगामी दिनमा पनि सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
Categorized in राष्ट्रिय