राष्ट्रिय
-
२०७५ चैत्र १३, बुधबार
हाइटेक प्रविधिः तरकारी खेतीका लागि उपयुक्त
त्रिवेणी नगरपालिकाले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला कार्यक्रमको शुरुआत गरेको छ । कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न र आधुनिक तरकारी खेती गर्नका लागि महिलालाई सीप सिकाउने उद्देश्यले सो कार्यक्रमको शुरुआत गरेको हो । नगरपालिकाका कृषि विकास शाखाले कार्यक्रम सञ्चालनका लागि पाँच रोपनी जग्गा भाडामा लिएका छन् । सोही जग्गामा कृषि सम्बन्धी आवश्यक सीप सिकाउन र हाइटेक प्रविधिबाट तरकारी खेती...
-
२०७५ चैत्र १३, बुधबार
स्वास्थ्य संस्था सूचीकरण गर्न आग्रह
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरणका लागि आग्रह गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृतिप्राप्त स्वास्थ्य संस्थालाई १० दिनभित्र मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो । वैदेशिक रोजगार नियमावली ९चौथो संशोधन० २०६४ को नियम ४५ ९क० तथा वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य...
-
२०७५ चैत्र १३, बुधबार
नागार्जुनमा गणेशमान उद्यान बन्ने
नागार्जुन नगरपालिका–६ मा गणेशमान स्मृति उद्यान निर्माण गरिने भएको छ । काठमाडौँ जिल्लाका प्रत्येक नगरपालिकामा ‘एक वडा एक पार्क’ बनाउने काठमाडौँ महानगरपालिकाको नीतिअनुसार नगरपालिका–६ स्थित डाँडापौवामा गणेशमान स्मृति उद्यान निर्माण गरिने नगर प्रमुख मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । कामपाले उद्यान बनाउन जिल्लाका १० नगरपालिकालाई रु एक एक करोड उपलब्ध गराएको छ । कामपा र नगरपालिकाको सहकार्यमा पूर्वमा...
-
२०७५ चैत्र १३, बुधबार
नेपाल लगानीका लागि उपयुक्त थलो अर्थमन्त्री
सरकारले लगानी सम्मेलनलाई एउटा उत्सवका रूपमा सम्पन्न गर्दै नेपाल लगानीका लागि उपयुक्त थलो हो भन्ने तथ्य स्थापित गर्ने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ । सञ्चार तथा सूचना...
-
२०७५ चैत्र १३, बुधबार
स्थापना दिवस र पर्व बिदा दिने नगरपालिकाको निर्णय
मध्यपुरथिमि नगरपालिकाले आफ्नो स्थापना दिवसमा सार्वजनिक बिदा दिने भएको छ । नगरपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले आफ्नै क्यालेण्डर बनाएर पर्व बिदासमेत थप गर्ने तयारी गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय सरकारका रूपमा नगरपालिकाले आफ्नै क्यालेण्डर बनाउने र स्थापना दिवसलगायत बिस्केट जात्रामा चार दिन तथा अन्य स्थानीय पर्वमा बिदा दिने गरी...
-
२०७५ चैत्र १३, बुधबार
सूक्ष्म प्रकाशकीय चिपको विकास
नेपाली वैज्ञानिकले अतिसूक्ष्म प्रकाशकीय चिपको विकसित गरेका छन् । पहिलो पटक विकसित भएको सो चिपले बायोप्सी९शरीरको अङ्ग झिकेर परीक्षण गर्ने काम० नगरी सिटी स्क्यान उपकरणले जस्तै भित्री तन्तुको जानकारी लिन सहयोग पु¥याउँछ । सो चिपलाई नेपालमा गणितीय परीक्षण गरी बेलायतमा सिलिकन वेफरमा रसायनबाट कँुद्ने काम गरिएको हो । फुटुङ रिसर्च इन्ष्टिच्यूटमा कार्यरत वैज्ञानिकले सफलतापूर्वक उक्त प्रविधिको विकास गरेका...
-
२०७५ चैत्र १३, बुधबार
एक हजार चार सय व्यवसायमा अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ । साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताउनुभयो । उहाँका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । चाडपर्वलगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु...
-
२०७५ चैत्र १३, बुधबार
कष्टकर दैनिकीसँगै पुस्तक लेखन
कल्पना गर्नुहोस् शारीरिक रुपमा अशक्त र परिवारमा स्याहार, हेरचाह गर्ने कोही पनि नभइदिँदा हुने पीडा । नत श्रीमती न छोराछोरी केवल सूर्यझै अस्ताउन लागेका वृद्धबुबा आमाको भरमा बाँचेको एक स्रष्टाले कलमको मसीलाई भने पीडाका सयौं चट्टानलाई छिचोल्दै अनवरत् रुपमा अघि बढाउनुभएको छ । शब्दमा वर्णन गर्र्नै सकस हुने पीडामय दैनिकी, घर बसाउने सपनामा बादल लागे पनि कञ्चनपुरका नरबहादुर साउद भने पुस्तक लेख्ने र...
-
२०७५ चैत्र १२, मंगलबार
खेलमैदानसहित पार्क बनाउन जग्गा दान
तनहुँको भिमाद नगरपालिका–९ निवासी दिलबहादुर थापाले सोही वडाको पाथर्दी गाउँलाई तीन रोपनी ९ आना जग्गा दान गर्नुभएको छ । खेलमैदानसहित पार्क निर्माणका लागि थापाले करीब रु १० लाख बराबरको जग्गा खरीद गरी पाथर्दी गाउँलाई दान गर्नुभएको हो । काठमाडाँैमा अपार्टमेन्टको व्यवसाय गर्नुभएका उहाँले आफ्नो गाउँको विकासका लागि खेलमैदान बनाउन जग्गा सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “पाथर्दी गाउँमा पर्यटक...
-
२०७५ चैत्र १२, मंगलबार
बेरोजगारको तथ्याङ्क सङ्कलन हुन सकेन
चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनामा अझै बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु हुन सकेको छैन । चैत १ गतेदेखि देशभर शुरु भएको तथ्याङ्क सङ्कलन उक्त गाउँपालिकामा भने सम्बन्धित कर्मचारीे अनुपस्थितिका कारण हुन नसकेको हो । गाउँपालिकाको रोजगार संयोजकमा नियुक्त भई आउनुभएका अधिकृत तहका कर्मचारी पवन खरेल एक दिनमात्र हाजिर गरी बिदामा बस्नुभएकाले आएका सयौँ बेरोजगारले फाराम भर्न पाएका छैनन् । वडा वडामा...
-
२०७५ चैत्र १२, मंगलबार
दाङ–सुर्खेत सडकको विवाद टुङ्गियो
दाङ–सुर्खेत सडकखण्डमा सिर्जना भएकोे विवाद टुङ्गिएको छ । दाङको बबई गाउँपालिकाको वडा नं ४ र ५ मा पर्ने हापुरे बजार क्षेत्रको एक किलोमिटरमा स्थानीयवासीको विरोधका कारण निर्माणको काम अवरुद्ध भएको थियो । बजार क्षेत्रमा सात मिटर सडक कालोपत्रे गर्नुपर्ने र दायाँ छ मिटर र बायाँ छ मिटर छोड्नु पर्ने माग गर्दै स्थानीयवासीले सङ्घर्ष समिति बनाएर विरोध गरेका थिए । अन्य क्षेत्रमा सात मिटर कालोपत्रे, दायाँबायाँ...
-
२०७५ चैत्र १२, मंगलबार
१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट
‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो । सो अभियानमा ती सडकमा पर्ने नाला सफाइ, बोटबिरुवा गोडमेल र रोपिएका बिरुवा संरक्षण गरिएको थियो...


