राष्ट्रिय
-
२०७५ चैत्र १४, बिहिबार
दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न आग्रह
सभामुख कृष्णबहादुर महराले मानवअधिकार संरक्षणका विषयमा आफू सदैव सकारात्मक रहेको बताउनुभएको छ । मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज उहाँकै कार्यकक्षमा गरेको भेटमा समाजका तर्फबाट दण्डहीनता अन्त्यका लागि ठोस कदम चाल्न गरेको आग्रहप्रति सभामुख महराले समाजले अघि सारेका विषयप्रति आफू सकारात्मक भएको बताउनुभयो । सभामुख महराले यस्ता विषयमा आफूले पनि सरकारको ध्यानाकर्षण गराउने र संसद्मा यो...
-
२०७५ चैत्र १४, बिहिबार
औषधि छ तर स्वास्थ्यकर्मी छैन
जिल्लाका अधिकांश स्वास्थ्यचौकीमा औषधि भएता पनि स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता रहेको छ । अधिकांश स्वास्थ्यचौकीहरुमा स्वास्थ्यकर्मी नहुँदा बिरामीलाई बोकी एक दिन पैदल हिँडेर उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउनुपर्ने बाध्यता रहेको गुनासो स्थानीवासीको छ । सर्केगाड गाउँपालिका रिपस्थित स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा यहाँको बिरामीलाई उपचारका लागि बोकेर एक...
-
२०७५ चैत्र १४, बिहिबार
स्वयम्भूमा बज्राचार्यको दे आचार्य गुठी
काठमाडौँका विभिन्न १८ वटा महाविहारसँग आबद्ध बज्राचार्यको बृहत्भेला दे आचार्य गुठी आजदेखि काठमाडौँको स्वयम्भूमा शुरु भएको छ । दे आचार्य गुठी हरेक वर्ष चैत्र कृष्णपक्ष अष्टमी र नवमीका दिने हुने परम्परा छ । दुईदिने भेलामा काठमाडौँका विभिन्न १८ वटा महाविहारका १८०० भन्दा बढी बज्राचार्यको सहभागिता छ । स्वयम्भु महाचैत्यको प्रसिद्ध शान्तिपुरमा हुने सो कार्यक्रममा चामल, चिउरा, केराउ, पैसा आदि प्रदान...
-
२०७५ चैत्र १४, बिहिबार
शिवम् सिमेन्टले ६९ करोड लाभांश दिने
शिवम् सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई रु ६९ करोड ४७ लाख ३८ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले प्रतिशेयर १५ रुपैयाँ ७८ पैसाको दरले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको कम्पनी सचिव लेखनाथ अर्यालले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट कम्पनीको चुक्ता पूँजी रु चार अर्ब ४० करोडको प्रतिशेयरको दरले लाभांश वितरण गर्ने निर्णय...
-
२०७५ चैत्र १४, बिहिबार
निःशुल्क विद्युत् मिटर वितरण
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सरकारले निःशुल्क रुपमा विद्युत्को मिटर वितरण गर्न थालेको छ । चालू आर्थिक वर्षको बजेटमा समेत आर्थिकरुपमा विपन्न समुदायलाई निःशुल्क रुपमा मिटर दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थालाई देशव्यापी रुपमा नै कार्यान्वयन गर्न थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अभियानकै रुपमा मिटर वितरण गर्ने कार्यलाई नेपाल विद्युत् प्राधिकरणले आना वितरण केन्द्रमार्फत् शुरु...
-
२०७५ चैत्र १४, बिहिबार
फाप्लुमा विमानको चाप बढ्यो
जिल्लाको फाप्लु विमानस्थलमा विमानको चाप बढेको छ । मौसम प्रतिकूलताका कारण तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लाका लागि आएका विमानसमेत ‘डाइभर्ट’ भई फाप्लु आउने गरेकाले यहाँ विमानको चाप बढेको हो । करीब चार दिनदेखि खुम्बुको मौसममा खराबी आउँदा लुक्ला जाने विमान पनि फाप्लुमा अवतरण भएको नागरिक उड्डयन कार्यालय फाप्लुले जनाएको छ । नियमितरूपमा तीनदेखि चार वटा मात्र विमान आवतजावत हुने फाप्लु विमानस्थलमा हाल १२...
-
२०७५ चैत्र १४, बिहिबार
वीरगञ्ज भन्सार लक्ष्यअनुसार राजश्व उठेन
नेपालको मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयमा तोकिएको लक्ष्यअनुसार राजश्व उठ्न सकेको छैन । कार्यालयका अनुसार चालू आव २०७५÷०७६ को फागुन महीनासम्मको लक्ष्य रु एक खर्ब ८१ अर्ब ११ करोड रहेको भए पनि सो कार्यालयले रु एक खर्ब एक अर्ब २८ करोड मात्रै राजश्व सङ्कलन गरेको छ । कार्यालयले लिएको लक्ष्यको ९३।४५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ । भन्सार नाकाबाट औद्योगिक तथा व्यावसायिक आवश्यकताका...
-
२०७५ चैत्र १३, बुधबार
एक हजार चार सय व्यवसायमा अनुगमन
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसवर्ष एक हजार चार सय व्यवसायमा अनुगमन गरेको छ । चालु आवमा दुई हजार आठ सय व्यवसायको अनुगमन गर्ने विभागले जनाएको छ । साना र ठूला दुवै खालका व्यवसायमा अनुगमन गरिरहेको विभागका निर्देशक रघुनाथ महतले बताउनुभयो । उहाँका अनुसार विभागले नियमितरूपमा विभिन्न निकायसँगको समन्वयमा अनुगमन गर्दै आएको छ । चाडपर्वलगायतका समयमा खाद्यान्नमा बढी अनुगमन भइरहे पनि अरु...
-
२०७५ चैत्र १३, बुधबार
कष्टकर दैनिकीसँगै पुस्तक लेखन
कल्पना गर्नुहोस् शारीरिक रुपमा अशक्त र परिवारमा स्याहार, हेरचाह गर्ने कोही पनि नभइदिँदा हुने पीडा । नत श्रीमती न छोराछोरी केवल सूर्यझै अस्ताउन लागेका वृद्धबुबा आमाको भरमा बाँचेको एक स्रष्टाले कलमको मसीलाई भने पीडाका सयौं चट्टानलाई छिचोल्दै अनवरत् रुपमा अघि बढाउनुभएको छ । शब्दमा वर्णन गर्र्नै सकस हुने पीडामय दैनिकी, घर बसाउने सपनामा बादल लागे पनि कञ्चनपुरका नरबहादुर साउद भने पुस्तक लेख्ने र...
-
२०७५ चैत्र १३, बुधबार
मिथेन ग्यास उत्खनन गरिँदै
पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाख तेस्रो हप्तादेखि गरिने भएको छ । । चीनकोतर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालकोतर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार हुँदा नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम...
-
२०७५ चैत्र १३, बुधबार
खानेपानी उद्योगमा शिलबन्दी
मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सिरहा र सप्तरीका १४ वटा खानेपानी उद्योगमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका भन्दै ती उद्योगमा शिलबन्दी गरेको हो । पछिल्लो पटक मङ्गलबार सप्तरीको विभिन्न स्थानमा सञ्चालनमा रहेका पानी उद्योगमा सर्वपक्षीय अनुगमन गर्दा निर्देशिका विपरीत सञ्चालनमा रहेको...
-
२०७५ चैत्र १३, बुधबार
भाइरल ज्वरोको सङ्क्रमण
मौसम बदलीसँगै डडेल्धुरामा भारल ज्वरोको सङ्क्रमण फैलिएको छ । केही दिन यतादेखि भएको मौसम बदलीपछि डडेल्धुराका स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकीसहित निमोनियाका बिरामीको चाप बढेको जनाइएको छ । केही दिनयता डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पताललगायतका अन्य स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीका बिरामीको चाप ह्वात्तै बढेको छ । दैनिक १०० बिरामी पुग्ने डडेल्धुरा अस्पतालमा आजभोलि १५० भन्दा बढी बिरामी...


