STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

स्वास्थ्य कार्यालयको उद्घाटन

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । सङ्घीयता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयअन्तर्गत रहने गरी पुनःस्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकासमन्त्री नरदेवी पुनले बुधबार उद्घाटन गर्नुभयो । कार्यालयमा जनस्वास्थ्य अधिकृतसहित ११ कर्मचारीको दरबन्दी छ । प्रदेश सरकारमातहत रहेका जिल्लाका स्वास्थ्य संस्थामा प्राविधिक सहयोग, कर्मचारी र स्वास्थ्यकर्मीको क्षमता विकास, तालीम सञ्चालन, औषधि आपुर्तिसँगै अन्तरपालिका समन्वयको काम गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । कार्यालयलाई यस वर्ष प्रदेश सरकारमार्फत कूल रु एक करोड ८४ लाख बजेट प्राप्त भएको छ । कार्यालयको उद्घाटन गर्दै मन्त्री पुनले स्वास्थ्य क्षेत्र अत्यन्तै संवेदनशील रहेकाले जनतालाई सरल र सहज तवरले सेवा प्रवाहको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य कार्यालय स्थापना गरिएको बताउनभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विनोद केसी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी लीलादेवी अर्याल र बेनी अस्पतालका निमित्त प्रमुख डा मनोज घिमिरेले कार्यालय स्थापनाले जिल्लाको स्वास्थ्य क्षेत्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय