राष्ट्रिय
-
२०७५ चैत्र १३, बुधबार
रु ४५ करोड आयात हुँदा निर्यात साढे तीन लाख मात्र
चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ । सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो । “यो भन्सार कार्यालयबाट आयातित सामानको अवस्था सन्तोषजनक रहे पनि निर्यातको अवस्था अत्यनत नाजुक रहेको छ”, सो...
-
२०७५ चैत्र १२, मंगलबार
१५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राससबाट
‘हाम्रो तुलसीपुर राम्रो तुलसीपुर’ भन्ने मूल नाराका साथ शुरु भएको १५५ औँ हप्ताको सरसफाइ अभियानको नेतृत्व राष्ट्रिय समाचार समिति तुलसीपुर दाङ शाखाले गरेको छ ।तुलसीपुर उपमहानगरपालिका कार्यालय अगाडिबाट आज बिहान भएको सरसफाइ, आदर्श टोल हुँदै राष्ट्रिय समाचार समितिको व्यापारिक भवन अगाडि पुगेर समापन गरिएको थियो । सो अभियानमा ती सडकमा पर्ने नाला सफाइ, बोटबिरुवा गोडमेल र रोपिएका बिरुवा संरक्षण गरिएको थियो...
-
२०७५ चैत्र १२, मंगलबार
जनकपुरमा नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने
यही चैत २० र २१ गते जनकपुरधाममा १८ औँ नेपाल राष्ट्रिय हिन्दी सम्मेलन हुने भएको छ । नेपाल राष्ट्रिय हिन्दी सम्मेलनद्वारा आयोजना हुने सो सम्मेलनमा हिन्दी भाषाबारे विचारविमर्श, कविगोष्ठी र स्रष्टालाई सम्मान गरिने जनाइएको छ । सो अवसरमा यस वर्षको राजर्षि जनक प्रतिभा पुरस्कार डा रामदयाल राकेशलाई प्रदान गरिने निर्णय गरिएको सम्मेलनका अध्यक्ष एवं वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकारी दिनुभयो । सो...
-
२०७५ चैत्र १२, मंगलबार
काँक्रेविहार पुनःनिर्माण
कर्णालीको पर्यटकीयस्थल काँक्रेविहार पुनःनिर्माण करिव ७० प्रतिशत सकिएको छ । मूर्तिकारको अभाव र रेखाङ्कनका भरमा काम गर्नुपर्ने बाध्यताका कारण तोकिएको समयावधिभन्दा पुनःनिर्माण एक वर्ष पर धकेलिएको हो । जेठ मसान्तमा सकिएको म्याद पुरातत्व विभागले पुनः एक वर्ष थप गरेको थियो । काँक्रेविहार क्षेत्रको पर्खाल, उत्तर–दक्षिण तथा मुख्यद्वार निर्माण सकिएको छ । उत्खनन स्थलमा विभागले २०६१ सालमै शिखर शैलीको...
-
२०७५ चैत्र १२, मंगलबार
चार दिनमै रु चार करोड राजश्व सङ्कलन
पर्यटन विभागले हिमाल आरोहण अनुमति ‘पर्मिट’ जारी गर्न शुरु गरेको चार दिनमै करीब रु चार करोड राजश्व सङ्कलन भएको छ । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न हिमालबाट रु तीन करोड ९० लाख नौ हजार २९७ राजश्व उठेको विभागको पर्वतरोहण शाखाका रामेश्वर निरौलाले जानकारी दिनुभयो । यीमध्ये सबैभन्दा बढी सगरमाथाबाट रु तीन करोड ५३ लाख राजश्व उठेको छ । विभागले यो सिजनको गत फेब्रुअरी २७ मा पहिलो आरोहण पर्मिट जारी गरेको...
-
२०७५ चैत्र १२, मंगलबार
अन्तर्राष्ट्रिय सम्मेलन शुरु
लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले ‘दक्षिण एशियामा शान्ति र मेलमिलापका लागि धर्म र संस्कृतिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि लुम्बिनीमा शुरु भएको छ । नेपाल सरकार, लुम्बिनी विकास कोष, र विनचेस्टर विश्वविद्यालय बेलायतको संयुक्त आयोजनामा शुरु भएको सो सम्मेलनमा बेलायत, क्यानडा, बङ्गलादेश, नेदरल्याण्ड, इन्डोनेसिया, श्रीलङ्का, भारत र...
-
२०७५ चैत्र १२, मंगलबार
समुदाय प्रहरी साझेदारी ७५१ तहसँग सम्झौता
नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीयतहमा पालिका समिति समेत गठन भइसकेको छ । समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता...
-
२०७५ चैत्र १२, मंगलबार
दुनाटपरीबाटै आत्मनिर्भर
वीरेन्द्रनगर–५ श्रीनगरकी नन्दा गुरुङलाई सानोतिनो घरायसी काम चलाउन पनि श्रीमान्कै भर पर्नुपथ्र्यो । घरायसी सामान किन्न होस् या बच्चाबच्चीको पढाइको खर्च जुटाउन, उनलाई श्रीमान्को भर नपरी सुखै थिएन । चार वर्षयता भने घरभित्रको काममा मात्र सीमित नन्दाको जीवन फेरिएको छ । उनी अचेल साँझ र बिहान घरको काम भ्याएपछि दिनभर दुनाटपरी बनाउन व्यस्त हुन्छिन् । अहिले घरखर्चका लागि चाहिने पैसा पनि यसबाटै जुट्छ । “...
-
२०७५ चैत्र १२, मंगलबार
झोलुङ्गे पुल बनाउन तालीम
झोलुङ्गे पुल बनाउन सदरमुकाम खाँदबारीमा आठ दिने तालीम सञ्चालन गरिएको छ । तालीममा जिल्लाका सात स्थानीय तहबाट १० वटा झोलुङ्गे पुलका उपभोक्ता समितिका ४९ जना सहभागी छन् । समाज विकास केन्द्र सोडेकले जिल्लाका विभिन्न स्थानमा यो वर्ष १० वटा झोलुङे पुल निर्माण गर्नेछ । अझै पनि झोलुङ्गे पुलको अभाव रहेको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । शाक्यले झोलुङ्गे पुलको माग अत्यधिक रहेकाले सङ्घ...
-
२०७५ चैत्र १२, मंगलबार
हुम्लामा हिमपात, एसइई परीक्षार्थी समस्यामा
यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसइई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताउनुभयो । जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि...
-
२०७५ चैत्र १२, मंगलबार
निगमले जुलाइदेखि जापानको ओसाका उडान भर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स०ले तीन महीनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ ।जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो ९जेक्याब० लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महीनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी...
-
२०७५ चैत्र १२, मंगलबार
एक वर्षमा आठ गिद्ध मृत भेटिए, संरक्षणको माग
इलामका जङ्गलमा अतिसङ्कटापन्न सूचीमा परेका गिद्ध पाइने भए पनि संरक्षण नहुँदा थप सङ्कटमा परेका छन् । खुला सीमाका कारण गिद्धको बासस्थान रहेका जङ्गल फडानी हुँदा संरक्षणको सूचीमा रहेको गिद्ध मृतावस्थामा भेटिएका छन् । सन्दकपुर गाउँपालिकाको फेमेगुरु खोल्सीमा एक वर्षअघि आठ गिद्ध मृत भेटिए । हुल बाँधेर उड्ने गिद्ध मर्नुको कारण हिंस्रक जङ्गली जनावरको आतङ्क रोक्न औषधिसँगै राखिएको सिनो थियो । चेतना अभावमा...


