STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रु ४५ करोड आयात हुँदा निर्यात साढे तीन लाख मात्र

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ । सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो । “यो भन्सार कार्यालयबाट आयातित सामानको अवस्था सन्तोषजनक रहे पनि निर्यातको अवस्था अत्यनत नाजुक रहेको छ”, सो भन्सार कार्यालयका प्रमुख वसन्तकुमार केसीले भन्नुभयो, “निर्यातको नाममा हालसम्म कुपोण्डो ९ पेठा ० मात्रै निर्यात भएको छ, त्यो पनि सिजनमा मात्रै भएको थियो ।” आयातित सामानमा हार्डवेयरका सामान, कपडा, तरकारी, साइकल र मोटरसाइकलका पाट्र्सलगायत बढी रहेका छन् । “निर्यात बढाउनका लागि हामीसँग कुनै उत्पादनका स्रोत नै छैन, भएका स्रोतसम्म पुग्न सडक सञ्जालले जोडिन सकेको छैन” उहाँले भन्नुभयो, “कैलालीको टीकापुर चिसापानी हुँदै कर्णाली प्रदेशको सुर्खेतसम्म जोड्ने सडक निर्माण हुनसके कर्णाली प्रदेशको जडीबुटी यहाँबाट निर्यात गर्न सकिन्छ ।” भन्सार प्रमुख केसीले खुला सिमानाका कारण चोरीपैठारी बढी भइरहेकाले पनि राजश्व सङ्कलन अपेक्षानुसार हुन नसकेको स्वीकार गर्दै सङ्कलित राजश्वको ४० प्रतिशत प्रदेश र स्थानीय सरकारलाई दिने व्यवस्था भए पनि जनप्रतिनिधिको पूर्ण सहयोग र सहकार्य नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, “भन्सार व्यवस्थित गर्ने दायित्व स्थानीय जनप्रतिनिधिको पनि हो तर उहाँहरु दायित्व लिन चाहिरहेका छैनन् ।”
Categorized in राष्ट्रिय