STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

फेवा नव वर्ष महोत्सव

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १४, बिहिबार

नेपाली संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पश्चिमाञ्चल होटेल सङ्घको आयोजनामा यही चैत २९ गतेदेखि वैशाख १ गतेसम्म फेवा किनारस्थित कोमागाने पार्कमा फेवा नव वर्ष महोत्सव हुने भएको छ । सङ्घद्वारा वर्षेनी नयाँ वर्षका अवसरमा हुँदै आएको महोत्सवअन्तर्गतको १६ औँ संस्करणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विकल तुलाचनले दिनानुदिन प्रदूषित र साँघुरिँदै गएको फेवातालको संरक्षण गर्दै खाना, संस्कृति र सङ्गीतलाई जोड्न महोत्सव गर्न लागिएको बताउनुभयो । महोत्सवमा देश विदेशमा प्रवद्र्धनका लागि छानिएका परम्परागत नेपाली खानाको प्रस्तुतिका साथै सांस्कृतिक झाँकी प्रतियोगिता हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सवमा गण्डकी प्रदेशस्तरीय नृत्य प्रतियोगिता, प्रसिद्ध कलाकारबाट पप कन्सर्ट, बाल उद्यान तथा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति, पर्यटक दौड प्रतियोगिताका साथै लोक दोहोरीका कार्यक्रम सञ्चालन हुनेछन् । महोत्सव सम्पन्न गर्न सङ्घका अध्यक्ष तुलाचनको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । महोत्सवकै प्रचारका लागि सङ्घले काठमाडौँ, जनकपुर, चितवन, लुम्बिनीजस्ता प्रमुख शहरमा चाँडै नै ‘जाउँ है पोखरा’ अभियान सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड रहेको छ ।
Categorized in राष्ट्रिय