राष्ट्रिय
-
२०७५ चैत्र १०, आइतबार
विभिन्न सडकमा चिह्न लगाइने
सडक विभागले काठमाडौँ उपत्यकाका विभिन्न सडकमा चिह्न लगाउने भएको छ । जेब्राक्रसिङ, डिभाइडरलगायत सडक चिह्न आवश्यक भएका स्थानमा सडक चिह्न लगाउन लागिएको विभागले जनाएको छ । काठमाडाँैका चक्रपथलगायत मुख्य सडकहरुलाई लक्षित गरेर सडक चिह्न लगाउन लागिएको विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले बताउनुभयो । विभागले सडक रङ्गाउनका लागि रु दुई करोडको ठेक्का सम्झौता गरिसकेको छ । नयाँ विस्तार भएका सडकसँगै पुराना...
-
२०७५ चैत्र १०, आइतबार
‘तीन अग्रज ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान
नेपाल भाषाका वरिष्ठ समालोचक प्राडा माणिकलाल श्रेष्ठ, जनकवि दुर्गालाल श्रेष्ठ र मानव अधिकारवादी नेता मल्ल के सुन्दरलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’बाट सम्मान गरिएको छ । नेवा अधिकार सिरपा गुठीले उहाँहरुलाई यस वर्षको ‘नेवा अधिकार सिरपाः’ बाट सम्मान गरेको छ । नेपाल भाषाका प्रसिद्ध समालोचक डा श्रेष्ठ ‘समालोचनाया सिद्धान्त’ पुस्तकका लेखक हुनुहुन्छ । अस्वस्थताका बाबजुद पनि उहाँ अस्पतालबाट...
-
२०७५ चैत्र १०, आइतबार
काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभा सम्पन
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सभ्य, सुसंस्कृत समाज र संस्कृतिको विकास विना नेपाल समृद्ध बन्न नसक्ने बताउनुभएको छ । काठमाडौँ सुनचाँदी व्यवसायी सङ्घको १६ औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले पुर्खाले बनाएको सुनको झ्याल, ढोका, धारा, मन्दिरलगायत सांस्कृतिक सम्पदाको संरक्षण गरेर पर्यटक आगमन वृद्धि गर्न सकेमात्र नेपाल समृद्ध बन्ने भएकाले सरकारको ध्यान त्यसतर्फ जानुपर्ने...
-
२०७५ चैत्र ८, शुक्रबार
संस्कृत सङ्गोष्ठी सम्पन्न
नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना, योग र आयुर्वेदलाई प्रवद्र्धनलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो । भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा मङ्गलबारदेखि सङ्गोष्ठी शुरु भएको थियो । सङ्गोष्ठीमा दुई देशका गरी ५०० भन्दा बढी संस्कृतका विद्वान्को सहभागिता रहेको थियो । संस्कृतको...
-
२०७५ चैत्र ८, शुक्रबार
सडक खन्दा चाँदीका सिक्का फेला
बर्दियाको बारबर्दिया नगरपालिका–६ सोनपुरदेखि जोगनपुरसम्म सडक खन्ने क्रममा चाँदी र तामाका सिक्का फेला परेको छ । प्रहरी नायब उपरीक्षक मदनजित महराले माटोको घैंटोमा राखिएको ५४ मिलिग्राम बराबरको पाँच थान चाँदीका सिक्का र सात केजी दुई सय ग्रामको तामाको सिक्का फेला परेको बताउनुभयो । सडकलाई स्काभेटरबाट खन्दा करीब तीन फिट गहिराइमा चाँदीका सिक्का र तामाका सिक्का फेला परेको प्रहरीेले जनाएको छ । ती सिक्का...
-
२०७५ चैत्र ८, शुक्रबार
बाघदरबार भत्काउन नमिल्ने
काठमाडौँ महानगरपालिकाले बाघदरबार भत्काएर नयाँ भवन बनाउन नपाउने भएको छ । गोर्खा भूकम्पका कारण पूर्णरुपमा क्षति पुगेको उक्त दरबार भत्काएर नयाँ बनाउने कामनपाको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेकाले सो योजना बिफल भएकोे हो । सर्वोच्चले काठमाडौँ महानगरपालिकाको कार्यालय रहेको भवन अर्थात् बागदरबार नभत्काउन आदेश दिएको छ । बाघदरबार नभत्काउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमा गत मङ्गलबार...
-
२०७५ चैत्र ८, शुक्रबार
खानेपानीको बीमा
कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको छ । कुनै पनि प्राकृतिक प्रकोपका कारण खानेपानी आयोजनामा क्षति पुग्न गई खानेपानीबाट स्थानीय वञ्चित हुन नपरोस् भन्ने ध्येयले कर्णालीमै पहिलो पटक जुम्लाका दुई खानेपानी आयोजनाको बीमा गरिएको हो । हिमा गाउँपालिका– ३ स्थित रु ५२ लाख ३० हजारको जोगिबाडा खानेपानी आयोजना र वडा नं– ७ स्थित रु ५५ लाख २२ हजारको माथिकुडू खानेपानी आयोजनाको बीमा गरिएको...
-
२०७५ चैत्र ८, शुक्रबार
धनगढी–अछामबीच हवाई सेवा सञ्चालन
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीदेखि अछामको साँफेबगरसम्म पहिलोपटक हवाई सेवा शुरु भएको छ । निजी हवाई कम्पनी समिट एयरले पहिलोपटक धनगढीदेखि साँफेबगरसम्मको उडान सञ्चालनमा ल्याएको हो । यस क्षेत्रका यात्रुको सहजताका लागि आजदेखि धनगढीदेखि साँफेबगरका लागि नियमित उडान भर्न शुरु गरिएको समिट एयरका अछाम प्रतिनिधि दीपक दुवालले जानकारी दिनुभयो । समिट एयरमा धनगढी–साँफेबगरसम्म १७ मिनेटमै यात्रा गर्न...
-
२०७५ चैत्र ८, शुक्रबार
चन्द समूहलाई संवैधानिक दायरामा आउन आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय हो भन्नुभयोे । उहाँले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराउनुभयो । उहाँ...
-
२०७५ चैत्र ८, शुक्रबार
पुल निर्माण अलपत्र
निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् । साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ । पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय...
-
२०७५ चैत्र ८, शुक्रबार
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार राति नेपाल...
-
२०७५ चैत्र ८, शुक्रबार
छात्रा र शिक्षिकालाई सेनेटरी प्याड
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्जना गर्न आवश्यकता अनुसार...


