STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पुल निर्माण अलपत्र

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

निर्माण कम्पनीको ढिलासुस्ती र डिजाइनमा देखिएको समस्या लगायतका कारणले कञ्चनपुर–कैलालीमा करीब १४ वटा पुल निर्माण अलपत्र परेका छन् । साना र ठूला गरी कञ्चनपुरमा ४० र कैलालीमा १५ वटा पुल चालु आर्थिक वर्षमा निर्माणाधीन अवस्थामा छन् । जसमध्ये १४ वटा पुल विविध कारणले निर्माणमा ढिलाइ भएको डिभिजन सडक कार्यालय भीमदत्तनगरले जनाएको छ । पुल निर्माणमा ५५ प्रतिशत भौतिक प्रगति भएको छ । डिभिजन सडक कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीदत्त भट्टले भन्नुभयो,“महाकालीतर्फ९पश्चिम० का पुल निर्माणको काम चार÷पाँच महीना मुस्किलले हुन्छ ।” उहाँले वर्षात्का कारण महाकालीमा आउने बाढीका कारण पश्चिम क्षेत्रमा आठ÷नौ वटा पुल निर्माणमा समस्या आइरहेको बताउनुभयो । “केही पुलमा देखिएको डिजाइन सच्याउन हामीले माथिल्लो निकायमा पत्राचार गरिसकेका छौं ।” प्रमुख भट्टले भन्नुभयो,“केही पुल निर्माण कम्पनीको लापरवाहीले निर्माणमा ढिलाइ भएको छ ।” कतिपय ठाउँमा तीन वर्षको अवधिमा पुलको पिल्लर मात्रै बनेको स्थिति छ । निर्माणाधिन पुलमध्ये कञ्चनपुरको देखतभूली–पर्सिया जोड्ने दोदा नदी पुलको समयावधि सकिए पनि निर्माण हुनसकेको छैन । त्यस्तै कृष्णपुर नगरपालिकामा पर्ने ओदाल खोला र खार खोलामा म्याद सकिएको एकवर्ष वितिसक्दा समेत निर्माणकार्य अलपत्र छ । त्यस्तै दोधारा–चाँदनी मलेरिया नाला पुल पनि सम्झौता सकिएको तीन महीना बितिसक्दासमेत निर्माणकार्य अलपत्र छ । भीमदत्त नगरपालिका–११ भुजेला खोला, कामीकाटे खोला पुल, मलेरिया नाला, पथरिया नाला पक्की पुल, जोगबुढा नदीको पुल र झिलमिला जोड्ने गन्दानालामा पुल निर्माणकार्य अलपत्र छ । यहाँको दोदा नदीमा बनाइएको काठे पुल तर्न स्थानीयवासीले शुल्क बुझाउनुपर्ने बाध्यता छ । पुल तर्न साइकलको रु पाँच र मोटरसाइकलले रु २० तिर्नुपर्ने बाध्यता छ । स्थानीय इटाहा बाबा मन्दिर सहयोग समिति दोदामा काठे पुल बनेको छ । स्थानीय शहादेव रानाले पुल नहँुदा वर्षौंदेखि समस्या भोग्दै आएको दुखोसो सुनाउनुभयो । ‘पुल नहुँदा खेतीपातीका लागि नदी तर्न पनि समस्या छ ।’ रानाले भन्नुभयो,“नदी तर्ने क्रममा ज्यान समेत गएको अवस्था छ ।
Categorized in राष्ट्रिय