STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

पत्रकारिता तालीम

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

मोफसलका पत्रकारलाई सशक्त बनाउन प्रशिक्षण दिइएको छ । बिहिबारसम्पन्न दुईदिने प्रशिक्षणमा शुसासन र विकास विषयमा केन्द्रित रही पत्रकारले स्थलगत समाचार सङ्कलन र लेखनका साथै आम नागरिकलाई जानकारी गराउन त्यसमा समेट्नुपर्ने विषयवस्तुलगायत विषयमा जानकारी दिइएको नेपाल पत्रकार महासङ्घका जिल्ला सभापति हेमनाथ खतिवडाले बताउनुभयो । अस्ट्रेलियन राजदूतावासको आर्थिक सहयोगमा काठमाडौँस्थित राष्ट्रिय सञ्चार विकास केन्द्रद्वारा आयोजित सो प्रशिक्षणमा रसुवाका नौ, नुवाकोटका चार, धादिङका चार र भक्तपुरका एकसमेत गरी १८ पत्रकार सहभागी थिए । उक्त केन्द्रका कार्यकारी निर्देशक विष्णु शर्मा पराजुली, उपाध्यक्ष श्रीरामसिंह बस्नेत र सञ्चारविद् रामकृष्ण रेग्मीले सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण दिनुभएको थियो ।स्थानीय तहको निर्वाचन पश्चात् पहिलो पटक आयोजित उक्त प्रशिक्षणले सङ्घीयताको भावना र मर्मअनुसार काम गर्न सहज भएको सहभागी प्रशिक्षार्थीले बताए ।
Categorized in राष्ट्रिय