STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल र म्यान्माबीच पूर्वाधार विकासमा सहकार्य

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १७, आइतबार

नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गर्नुभयो । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल, अर्थमन्त्री डा युवराज खतिवडा, उद्योगमन्त्री मातृकाप्रसाद यादव र लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीको उपस्थितिमा सिंह र थूले हस्ताक्षर गर्नुभएको हो । महासङ्घ अध्यक्ष सिंंहले एशोसिएशनका प्रतिनिधिलाई मायाको चिनो हस्तान्तरण गर्दै नेपालको भौतिक पूर्वाधारका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।
Categorized in राष्ट्रिय