STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जिल्ला अस्पताल बन्ने

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १७, आइतबार

पूर्वमा जिल्ला अस्पताल बन्ने भएपछि स्थानीयवासी खुशी भएका छन् । जिल्लामा सुविधा सम्पन्न अस्पताल नभएको अवस्थामा जटिल प्रकृतिको रोगको उपचारका लागि सर्वसाधारण रुकुम ९पश्चिम०, दाङ, नेपालगञ्ज, काठमाडौँ, चितवन जान बाध्य थिए । छुट्टै जिल्लाको रूपमा काम थालेको डेढ वर्षपछि जिल्ला अस्पताल बन्ने पक्का भएको हो । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ स्थित रुकुमकोट स्वास्थ्यचौकी भएकै ठाउँमा अस्पताल बनाइने भएको छ । त्यसका लागि आवश्यक पर्ने जग्गा गाउँपालिकाले उपलब्ध गाइदिने निर्णय गरिसकेको छ । स्वास्थ्यचौकीको नाममा रहेको १४ रोपनी र गाउँपालिकाले दिने २१ रोपनी गरी कुल ३५ रोपनी क्षेत्रफलमा अस्पताल बन्ने छ । सङ्घीय मन्त्रिपरिषद्ले गरेको निर्णय आवश्यक कार्यान्वयनका लागि प्रदेश नं– ५ को सामाजिक विकास मन्त्रालयमा पनि पठाइसकिएको छ । सामाजिक विकास मन्त्रालयले पनि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ । प्रदेशसभा सदस्य तेजबहादुर ओलीले ५० श्ययाको अस्पताल स्थापनाको तयारी अन्तिमचरणमा पुगेको बताउनुभयो । सङ्घीय र प्रदेश सरकारको संयुक्त पहल, लगानी र निर्णयमा अस्पताल बन्न लागेको उहाँको भनाइ छ । सङ्घीय सरकारको निर्णय प्रदेश सरकारसम्म पुगेकाले थप काम प्रदेश सरकारबाट हुने सदस्य ओलीको भनाइ छ । “सङ्घीय सरकारबाट पनि अस्पताल स्थापनाका लागि निर्णय आएको छ”, उहाँले भन्नुभयो, “प्रदेश सरकारले पनि अस्पताल स्थापनाको अन्तिम तयारी गरिरहेको छ ।” सङ्घ र प्रदेश सरकारको पहलमा जिल्लामा अस्पताल स्थापनाका लागि आवश्यक कामकाज लगत्तै शुरु हुने भनाइ उहाँको छ । निरन्तरको प्रयासपछि जिल्ला अस्पताल स्थापनाको प्रक्रिया अगाडि बढेको प्रतिनिधिसभा सदस्य कमला रोकाले बताउनुभयो । “छुट्टै जिल्ला बन्ने बित्तिकै जिल्ला अस्पताल पनि स्थापना हुनुपथ्र्यो”, उहाँले भन्नुभयो, “त्यसो हुन नसकेपछि पटकपटक अनुरोध, जिल्लावासीको ‘डेलिगेसन’, सांसदको ध्यानाकर्षणले सरकारले जिल्ला अस्पताल बनाउने निर्णय अघि बढायो ।” जिल्लामा अस्पताल स्थापनापछि जिल्लावासीलाई सुविधा पुग्ने उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय