STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

प्रदेश सरकारद्वारा एक करोड राहत

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १९, मंगलबार

प्रदेश नं ३ ले बारा र पर्सामा गत आइतबार साँझ आएको हावाहुरीबाट प्रभावितलाई आवास निर्माण गर्न राहत स्वरुप रु एक करोड प्रदान गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश नं ३ नेपाली काङ्ग्रेस संसदीय दलले हावाहुरी प्रभावितलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता ईन्द्रबहादुर बाँनियाले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय