राष्ट्रिय
-
२०७५ चैत्र २२, शुक्रबार
राजधानीकै स्वास्थ्य संस्थामा कर्मचारी र औषधि अभाव
सङ्घीयता कार्यान्वयनसँगै गाउँ गाउँमा सिंहदरबार पुगेको भनिए पनि राजधानीकै नगरपालिकाका सामुदायिक स्वास्थ्य संस्थामा कर्मचारी र निःशुल्क औषधि नभेटिएको सेवाग्राहीको गुनासो छ । गोकर्णेश्वर नगरपालिकाका एक प्राथमिक स्वास्थ्य केन्द्र, चार स्वास्थ्यचौकी र एक शहरी स्वास्थ्य केन्द्रमा निःशुल्क औषधि र कर्मचारीको अभाव भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले औषधी पठाउञ्जेल सहजै पाइए पनि नगरपालिकामार्फत्...
-
२०७५ चैत्र २२, शुक्रबार
राजश्व सङ्कलनको दायरा बढ्दै
आन्तरिक राश्व कार्यालय कञ्चनपुरले यहाँका चार जिल्लाका व्यापारी व्यवसायीलगायत करदाताबाट सङ्कलन गरिने राजश्व सङ्कलन बढाउँदै लगेको छ । चालू आर्थिक वर्षमा रु एक अर्ब ६१ करोड ७४ लाख वार्षिक राजश्व सङ्कलनको लक्ष्य लिएको राजश्व कार्यालयले गत फागुनसम्म रु एक अर्ब २१ करोड राजश्व सङ्कलन गरिसकेको छ । “चालू आवमा फागुनसम्मको लक्ष्य रु ९६ करोड ९६ लाख राजश्व सङ्कलन भइसकेको छ”, प्रमुख कर अधिकृत लेखनाथ शर्माले...
-
२०७५ चैत्र २२, शुक्रबार
तीन हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका प्रमुख...
-
२०७५ चैत्र २२, शुक्रबार
हरवाचरवालाई व्यापार गर्न आर्थिक सहयोग
हरवाचरवा परिवारकायी महिलालाई साना व्यवसायीको माध्यमबाट आत्मनिर्भर बनाउने उद्देश्यले श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले आर्थिक सहयोग गरेको छ । सामाजिक परिचालन तथा शिक्षाको माध्यमबाट हरवाचरवाको सशक्तिकरण कार्यक्रम अन्तर्गत द फ्रिड्म फण्डको सहयोगमा सप्तरीको शम्भुनाथ नगरपालिका– २, ३ र ५ का ११ हरवाचरवा परिवारलाई रु पाँच हजारदेखि १० हजारसम्म आर्थिक सहयोग गरिएको हो । शम्भुनाथ नगरपालिका– २...
-
२०७५ चैत्र २२, शुक्रबार
घोडेजात्रा
चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन...
-
२०७५ चैत्र २२, शुक्रबार
राहत वितरणमा एकद्वार प्रणाली लागू
हावाहुरीबाट बारा र पर्सा जिल्लाका पीडितहरुलाई अव्यवस्थित रुपमा राहत वितरण भइरहेको व्यापक गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय बाराले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेको छ । हावाहुरी प्रभावितलाई विभिन्न सङ्घसंस्था वा व्यक्तिहरुले राहत वितरण गर्दा जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार मात्र राहत वितरण गर्न सकिने व्यवस्था गरिएको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले राससलाई...
-
२०७५ चैत्र २२, शुक्रबार
सदरमुकाम जोड्ने सडक निर्माण
बाँकेको जानकी गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने मुख्य सडक निर्माण कार्य शुरु गरिएको छ । वडा नं ६ गनापुरस्थित पिप्रहवा चोकदेखि वडा नं ४ खजुराखुर्दको नहरचोक हुँदै नेपालगञ्ज–गुलरिया हुलाकी सडकमा जोड्ने गरी सडक निर्माणकार्य शुरु गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले बताउनुभयो । “गनापुरको भित्रसम्म उद्योग खुलेका छन्, साँघुरो र कच्ची सडक भएका कारण मालबाहक सवारीसाधन हिँड्न कठिनाई हुँदै...
-
२०७५ चैत्र २२, शुक्रबार
यसवर्ष बिस्केटको रथ दिउँसो तान्ने
आगामी २७ गतेबाट भक्तपुरबाट शुरु भई नौ दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन् । हरेक वर्ष ढुङ्गा हानाहान हुने र ज्यानसम्म जाने गरी जात्रा सञ्चालन हुँदा प्रसिद्ध जात्राको नकारात्मक सन्देश गएको भन्दै यसवर्ष जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदल समेत गठन गरेको छ । भक्तपुर नगरपालिकाका नगर...
-
२०७५ चैत्र २१, बिहिबार
चित्रकला प्रदर्शनी
यही चैत १६ गतेदेखि बबरमहलस्थित आर्ट काउन्सिलमा शुरु भएको चित्रकार रञ्जु यादवको एकल मिथिला चित्रकला प्रदर्शनीको अवलोकन गर्दै सर्वसाधारण । विभिन्न २९ वटा चित्र रहेको उक्त प्रदर्शनी भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ ।
-
२०७५ चैत्र २१, बिहिबार
ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ
काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको कार्ययोजनाको आज शुभारम्भ गरिएको हो । कार्ययोजनाको शुभारम्भ गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकालाई नमूनाका रुपमा विकास गर्न उक्त कार्ययोजना अगाडि सारिएको...
-
२०७५ चैत्र २१, बिहिबार
साझाले थप २० नयाँ शहरी बस ल्याउँदै
साझा यातायातले काठमाडौँ उपत्यकामा २० वटा नयाँ शहरी ९सिटी० बस थपेको छ । केही महीना पहिले बस खरीदका लागि भएको ठेक्का सम्झौताबमोजिम छिमेकी भारतबाट ती बस मगाइएको हो । साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको शेयर खरीद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरीद भएकोे हो । उहाँले भन्नुभयो, “अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर...
-
२०७५ चैत्र २१, बिहिबार
मातृभाषा शिक्षाको विस्तार गरिँदै
ललितपुर महानगरपालिकाले मातृभाषा शिक्षाको विस्तार गर्ने भएको छ । अहिले १० बाल विकास केन्द्र इसिडी मा नेपाल भाषा रहेकामा आगामी दिनमा त्यसलाई विस्तार गर्दै जाने महानगरको योजना छ । आगामी दिनमा माथिल्ला कक्षासम्म मातृभाषालाई पढाइ गरिने नगर शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार सन्तानलाई मातृभाषामा पढाउन अभिभावकको चाहना बढ्दै जाँदा महानगरपालिकाले मातृभाषालाई विस्तार गर्न...


