relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७५ चैत्र २६, मंगलबार

    सबै सांस्कृतिक घटकलाई समेट्दै प्रलेस

    प्रगतिशील लेखक सङ्घको नवनिर्वाचित नेतृत्वले हालै सम्पन्न ११औँ राष्ट्रिय सम्मेलनमा सहभागी भएका र नभएका सांस्कृतिक घटकका नेतृत्वसँग परामर्श गरी एकीकृत र प्रभावकारी प्रलेस निर्माणमा लाग्ने जनाएको छ । एकीकृत प्रलेस निर्माणका लागि पहलकदमी गर्ने सम्मेलनले दिएको कार्यादेशबमोजिम नेतृत्वले सो पहल गर्ने नवनिर्वाचित अध्यक्ष डा जीवेन्द्रदेव गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रगतिशील साहित्यिक क्षेत्रलाई...

  • २०७५ चैत्र २६, मंगलबार

     गुलरियाको चमक हराउँदै

     साठी जनसङ्ख्या रहेको गुलरिया नगरपालिकामा ७५ प्रतिशत ग्रामीण क्षेत्र पर्छ । उद्योग कलकारखानासमेत नरहेको सदरमुकाम गुलरियालाई बबई नदीको कटान र वर्षेनी आउने बाढीले सताउने गरेको छ । स्थानीय तहमा कार्यालय स्थानान्तरण हुँदै गएपछि गुलरियाको चमक हराउँदै गएको छ । सुनसान र उराठ देखिन थालेको गुलरियामा व्यापारिक कारोवार प्रभावित भएको छ ।  गाउँगाउँबाट आउने सेवाग्राहीले स्थानीय तहबाटै सेवा पाउन थालेपछि...

  • २०७५ चैत्र २६, मंगलबार

    प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन

     पोखरा महानगरपालिका– ३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयले प्रविधिमा आधारित नमूना कक्षा सञ्चालन गर्ने भएको छ । विभिन्न सामुदायिक विद्यालयमा नवीनतम् प्रविधिको अभावका साथै गुणस्तरीयता कायम हुन नसकेको लगायतका कारणबाट विद्यार्थी घटिरहेका वेलामा विद्यार्थी तथा अभिभावकको मन जितेको यस विद्यालयले प्रविधिलाई आत्मसात गर्दै नमूना कक्षा सञ्चालनको तयारी गरेको हो । विद्यालयमा नयाँ शैक्षिक वर्षका लागि...

  • २०७५ चैत्र २६, मंगलबार

    जब साँझ पर्छ,  अनि थिमि नाच्छ

    हरेक दिन साँझ परेपछि थिमि नुगु पुखु ः अर्थात् दुई पोखरी क्षेत्रमा स्थानीय बासिन्दाको चहलपहल र रौनक थपिन्छ । हरेक दिन साँझ ६ बजे घरभित्र छिरेकाहरु पनि विस्तारै बाहिर निस्कँदै नुगु पुखुतर्फ आउँछन् । मध्यपुरथिमि नगरपालिका ४ नुगु पुखुमा केही बेरमै झिलिमिली बत्ती बल्छन् । अनि नेवारी बाजाका रुपमा अति प्रख्यात धिमे बाजाको आवाज सुनिन्छ । ठूलो पर्दामा धिमेको आवाजमा एक पुरुष र एक महिलाको आकृति नाचेको...

  • २०७५ चैत्र २६, मंगलबार

    कामपामा विद्यार्थी भर्ना अभियान

    काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र आगामी वैशाख २ देखि १४ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने भएको छ । विद्यालयबाहिर रहेका बालबालिकालाई पढ्न ल्याउने उद्देश्यले अभियान शुरु गर्न लागिएको कामपाको शिक्षा विभागले जनाएको छ । विभागले आज यहाँ आयोजना गरेको सकारात्मक सोच विकास र गुणस्तरीय शिक्षासम्बन्धी अभिमुखीकरण विभागका शिक्षा अधिकारी निर्मला केसीले वैशाख २ देखि १४ गतेसम्म भर्ना अभियान...

  • २०७५ चैत्र २६, मंगलबार

    स्वास्थ्य सेवा प्रभावित

    आदर्श गाउँपालिका वडा नँ १  चाँसी गाउँमा सोमबार राति आएको हावाहुरीका कारण बाँझकनानी स्वास्थ्य एकाइ कार्यालयको छाना उडाएको छ । छाना उडेपछि अहिले सो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्य सेवा प्रभावित भएको स्थानीयवासी दीपकबहादुर खड्काले जानकारी दिनुभयो ।  एकतले भवन रहेको उक्त कार्यालय हावाहुरीले उडाउँदा कार्यालयमा भएका स्वास्थ्य जाँच गर्ने उपकरण तथा औजारमा पनि क्षति हुनाका साथै केही उपकरण पनि...

  • २०७५ चैत्र २५, सोमबार

    दक्षिणकालीका एक हजार २३ घर पुनःनिर्माण 

     दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो ।   नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पु¥याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिनुभयो । नगरपालिकाले सरकारले तोकेअनुुसार पहिलो...

  • २०७५ चैत्र २५, सोमबार

    मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध

    प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा,...

  • २०७५ चैत्र २५, सोमबार

    मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सोमबार धनगढीमा सिकलसेल एनिमिया बिरामीका लागि बनाइएको नीतिलाई सुधार गरी सरकारी अस्पतालबाट आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै विकास र सामाजिक परिवर्तनका लागि सञ्चार संस्थाका कार्यक्रम संयोजक ओम जोशी ।

  • २०७५ चैत्र २५, सोमबार

    निःशुल्क आँखा शल्यक्रिया शिविर

    दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को...

  • २०७५ चैत्र २५, सोमबार

     अपाङ्गतामैत्री कानून बनाइने

      प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ ।   राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध...

  • २०७५ चैत्र २५, सोमबार

    सत्तरी वर्षमा घरमै नागरिकता

    शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाउनुभएको छ । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उहाँले अब भोट हाल्ने चाहना पूरा भएको बताउनुभयो । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे भने भोट र वृद्धभत्तासमेत पाउने भएँ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता...

Pages