STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दक्षिणकालीका एक हजार २३ घर पुनःनिर्माण 

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २५, सोमबार

 दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो ।
 
नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पु¥याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिनुभयो । नगरपालिकाले सरकारले तोकेअनुुसार पहिलो किस्ताबापत रु ५० हजार, दोस्रो किस्ताबापत रु एक लाख ५० हजार र घर पुनःनिर्माण भएपछि तेस्रो किस्ताबापत रु एक लाख प्रदान गर्दै आएको छ । 
नगरपालिकाका प्रमुख मोहन बस्नेतले भूकम्पपीडितको निवेदनका आधारमा नगरपालिकाले पुनःनिर्माणका लागि रकम वितरण गर्दै आएको बताउनुभयो । “घरको क्षतिका आधारमा वडाबाट आएको सिफारिशका आधारमा रकम प्रदान गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । 
यस्तै घर निर्माणका लागि चाहिने आवश्यक काठ भने सहुलियत दरमा द टिम्बर कर्पोरेशन अफ नेपालले वितरण गर्दै आएको छ । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि टिम्बर कर्पोरेशनले जिल्ला वन कार्यालयको निवेदनका आधारमा प्रदान गर्दै आएको हो । 
      
Categorized in राष्ट्रिय