STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २५, सोमबार

    खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह

    उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सरकारले खटाएका स्थानमा जान सरकारी चिकित्सकलाई आग्रह गर्नुभएको छ । समायोजनमा असहमति राख्दै आन्दोलनमा उत्रेका सरकारी चिकित्सकलाई सो आग्रह गर्दै उहाँले भन्नुभयो, “सर्वप्रथम खटाएका ठाउँमा जानुहोस्, स्वास्थ्यसेवा पु¥याउनुहोस् यसपछि तपाईलाई पर्ने समस्या मन्त्रालयले सुन्छ र समाधान गर्छ । ” नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजानिक...

  • २०७५ चैत्र २५, सोमबार

    दक्षिणकालीका एक हजार २३ घर पुनःनिर्माण 

     दक्षिणकाली नगरपालिकामा एक हजार २३ घर पुनःनिर्माण भएका छन् । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति भएका चार हजार ८४ घरमध्ये उक्त घर पुनःनिर्माण गरिएको हो ।   नगरपालिकाका प्रवक्ता अमृका बलामीले भूकम्पले क्षति पु¥याएका चार हजार ८४५ घरपरिवारमध्ये तीन हजार ७२० घरपरिवारले पहिलो किस्ता र एक हजार ४६६ घरपरिवारले दोस्रो किस्ता लिएका जानकारी दिनुभयो । नगरपालिकाले सरकारले तोकेअनुुसार पहिलो...

  • २०७५ चैत्र २५, सोमबार

    मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध

    प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा आइतबारदेखि मन्त्रालय र मातहतका कार्यालयका सेवाग्राही र कर्मचारीलाई कार्यालय परिसरमा सुर्तीजन्य पदार्थ बोक्न र प्रयोग गर्न निषेध गरेको छ । समाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालय परिसरमा सुर्तीजन्य पदार्थ निषेध गरेको घोषणा गर्नुभएको हो । मन्त्रालयलद्वारा आइतबार आयोजित कार्यक्रममा चुरोट, बिँडी, सिगार, तमाखु, हुक्का, सुल्फा,...

  • २०७५ चैत्र २५, सोमबार

    मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै

    सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई सोमबार धनगढीमा सिकलसेल एनिमिया बिरामीका लागि बनाइएको नीतिलाई सुधार गरी सरकारी अस्पतालबाट आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागबारे ज्ञापन¬–पत्र पढेर सुनाउँदै विकास र सामाजिक परिवर्तनका लागि सञ्चार संस्थाका कार्यक्रम संयोजक ओम जोशी ।

  • २०७५ चैत्र २५, सोमबार

    निःशुल्क आँखा शल्यक्रिया शिविर

    दिक्तेलस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क आँखा शल्यक्रिया शिविरमा ८२९ को उपचार गरिएको छ । नेत्रज्योति सङ्घ खोटाङको आयोजना तथा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोगमा चैत २२, २३ र २४ गते तीनदिने शिविर सञ्चालन गरिएको हो । शिविरमा आँखा अस्पताल लहानका शल्य चिकित्सक डा अभिषेक सहदेवको नेतृत्वमा आएको १४ स्वास्थ्यकर्मीको टोलीले ९५ को...

  • २०७५ चैत्र २५, सोमबार

     अपाङ्गतामैत्री कानून बनाइने

      प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानप्रदत्त अधिकारको रक्षा गर्न प्रदेश सरकारले अपाङ्गमैत्री कानून बनाउने बताउनुभएको छ ।   राष्ट्रिय अपाङ्ग महासङ्घको १९औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अपाङ्गताको क्षेत्रमा काम गर्न प्रदेश सरकारले १४ वटै जिल्लामा योजना बनाइरहेको छ भन्नुभयो । उहाँले एउटा सानो समूह संविधान बाहिर रहेर गरेका गतिविधिमा सरकारले प्रतिबन्ध...

  • २०७५ चैत्र २५, सोमबार

    सत्तरी वर्षमा घरमै नागरिकता

    शिवालय गाउँपालिका–४ की ७० वर्षीया देउमती बुढाले नातिको सहारामा लौरी टेक्दै गाउँपालिकाको प्रशासकीय केन्द्र एैरेलीबाट नागरिकता पाउनुभएको छ । जिन्दगीका सात दशक पुगेपछि नागरिकता पाएर उहाँले अब भोट हाल्ने चाहना पूरा भएको बताउनुभयो । “भोट नै हाल्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, अब केही वर्ष बाँचे भने भोट र वृद्धभत्तासमेत पाउने भएँ”, उहाँले भन्नुभयो, “स्थानीय सरकार गाउँमै गठन भएपछि मैले नागरिकता...

  • २०७५ चैत्र २५, सोमबार

    संस्थागत सुत्केरी गाउँपालिका बनाइने

    पूर्वी क्षेत्रमा पर्ने बोगटान फुडिसल गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने तयारी भएको छ । गाउँपालिकाका प्रत्येक वडामा रहेका स्वास्थ्यचौकीबाट दुर्गममा रहेका बस्तीमा पनि स्वास्थ्य एकाइ स्थापना गरेर पूर्ण संस्थागत सुत्केरी गाउँपालिका बनाउने गरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीले वडादेखि दुर्गम गाउँसम्म स्वास्थ्य एकाइ स्थापना...

  • २०७५ चैत्र २५, सोमबार

    मिथिलाञ्चलमा आजदेखि चैतीछठ शुरु

    मिथिलाञ्चलमा प्रत्येक वर्ष चैत तृतीया तिथिदेखि शुरु हुने चैतीछठ आजदेखि विधिवतरूपमा शुरु भएको छ । लोक आस्थाको पर्वको रुपमा रहेको चैतीछठ पर्वको आज पहिलो दिन व्रती महिलाले माछा, कोदो खान बन्द गर्ने र लसुन, प्याज बार्ने गर्छन् । दोस्रो दिन यो पर्व विधिवतरूपमा प्रारम्भ हुन्छ । सो दिनलाई नहाय खाय भनिन्छ । चैत २७ गतेको दिन खरना विधि अपनाइन्छ भने २८ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने परम्परा रहेको छ...

  • २०७५ चैत्र २५, सोमबार

    तराई–मधेशमा गर्मीको जोखिम

    विशेषगरी तराई–गर्मीको जोखिम शीतलहरको तुलनामा उच्च हुँदै गएको छ । गर्मीका कारण नै गत केही दिनअघि पर्सा र वारा जिल्लाका केही स्थानमा हावाहुरीले अकल्पनीय क्षति पुगेको नेपालमा पहिलो पटक सम्पन्न ‘नेपालमा तातो हावा ९लु० र त्यसले स्वास्थ्यमा पार्नसक्ने प्रतिकूल प्रभाव’ विषयको अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ सार्वजानिक...

  • २०७५ चैत्र २५, सोमबार

    जामुने सिमसारलाई संरक्षण गरिँदै

    यहाँस्थित दमक–३ मा वर्षौँदेखि अलपत्र रहेको जामुने सिमसार क्षेत्रको संरक्षणमा स्थानीयवासी जुटेका छन् । स्थानीयवासीले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रूपमा विकास गर्न उपभोक्ता समिति गठन गरी काममा जुटेका हुन् । प्रदेश सरकार, स्थानीय सरकारसहित राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई समेत त्यस क्षेत्रमा जोडेर काम थाल्ने तयारी अगाडि बढाइएको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । उहाँका अनुसार नगरपालिका र...

  • २०७५ चैत्र २५, सोमबार

    दमरोगी बढ्दै

    आज नै सार्वजानिक गरिएको नसर्ने दीर्ध रोगसम्बन्धी राष्ट्रिय सर्वेक्षणले दमरोगको भार ११ दशमलव सात रहेको जनाएको छ । नसर्ने दीर्घ रोगसम्बन्धी ७२ जिल्लामा २० वर्ष उमेर समूहभन्दा माथिका १३ हजार २०० मा गरिएको सो अध्ययनले मधुमेह ८।६, मिर्गौला ६, मुटु २।९ प्रतिशतमा समस्या देखिएको थियो । सहभागीका रगत, पिसाबका साथै मुटु र छातीको परीक्षण गर्दा सो समस्या देखिएको प्रतिवेदनले जनाएको छ । नसर्ने दीर्ध रोगको भार...

Pages