relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७५ चैत्र २८, बिहिबार

    म्याद नाघेका खाद्यवस्तु नष्ट

    जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजा, मसला, सुर्तीजन्य वस्तु, चियापत्ती, बिस्कुटलगायत खाद्यवस्तु म्याद...

  • २०७५ चैत्र २७, बुधबार

    अनुदानका लागि कृषक छनोट

    गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट जिल्लाभित्रका ६२ कृषकले अनुदान प्राप्त गर्ने भएका छन् । गत असोज १२ गते अनुदानका लागि निवदेन आह्वान गरेको मन्त्रालयले जिल्लाभित्र कृषि क्षेत्रमा व्यावसायिकरूपमा काम गर्दै आएका कृषकलाई अनुदानका लागि छनोट गरेका भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो । अनुदान छनोटमा परेकामध्ये नमूना कृषि...

  • २०७५ चैत्र २७, बुधबार

    गाउँ ब्लक जग्गाधनी पुर्जा पाउन थालेपछि खुशीयाली

    पश्चिम नवलपरासीस्थित नापी कार्यालयले गाउँ ब्लक जग्गाको जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिएको छ । पुस्तौँदेखि भोगचलन गर्दै आए पनि आफ्नो नाममा पुर्जा नहुँदा विभिन्न समस्या भोग्दै आएका नागरिक अहिले जग्गाधनी पुर्जा पाउन थालेपछि खुशी भएका छन् । विसं २०२४ मा भएको पहिलो नापीमा तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । त्यसबेला...

  • २०७५ चैत्र २७, बुधबार

    वालिङ र छाता संस्था नेपालबीच सम्झौता

    स्याङ्जाको वालिङ नगरपालिका र छाता संस्था नेपालबीच मङ्गलबार सम्झौता भएको छ । नगरपालिकाको तर्फबाट नगरप्रमुख दिलीपप्रताप खाँण र छाता संस्था नेपालका तर्फबाट अध्यक्ष मेघ आलेबीच सम्झौतामा हस्ताक्षर भएको हो ।  छाता संस्था नेपालले नगरपालिकामा ७५ बालबालिकालाई छात्रवृत्ति वितरण, ५० घर परिवारलाई आय आर्जनमूलक कार्यक्रमसम्बन्धी सहयोग, दुई वटा विद्यालयको विद्यालय वातावरण र शिक्षकको सीप अभिवृद्धिका लागि समुदाय...

  • २०७५ चैत्र २७, बुधबार

    सरकारले बनाएका घरले गाउँकै मुहार फेरियो

    कुनै बेला घिचिमिची तथा जताततै फोहर देखिने जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला तथा राजपुरस्थित ढोलपडा गाउँ हिजोआज निकै भिलिमिली र सफासुग्घर देखिन थालेको छ । झट्ट हेर्दा पर्यटकीयबस्ती जस्तो देखिने उक्त गाउँमा नेपाल सरकारको जनता आवास कार्यक्रमले स्थानीयवासीका घरनिर्माण गर्दा रमाइला देखिएका हुन् । गाउँभरीमा एकै नासका घर र एकै रङ्गका जस्तापाताले छाउँदा गाउँनै रमाइलो देखिएको राजपुरका बासिन्दा...

  • २०७५ चैत्र २७, बुधबार

    भारतमा भोलि मतदानः कसले जित्ला चुनाव

    भारतमा लोकसभा निर्वाचनका लागि भोलिदेखि मतदान हँुदैछ । निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कहरुले भारतीय अखबारका पाना रंगिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ । तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । तर यतिबेला भने सारा भारतीयहरु प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका...

  • २०७५ चैत्र २७, बुधबार

      संस्कृति संरक्षणमा जोड 

    गुरुङ समुदायले मङ्गलबार आफ्नो सांस्कृतिक पर्व टहोटेँ उल्लासमय वातावरणमा मनाएका छन् । प्रत्येक वर्ष साउन र चैत महीनाको अन्तिम मङ्गलबार सामूहिक रुपमा मनाउने गरिएको यस पर्वको अवसरमा गुरुङ समुदायको साझा संस्था ‘तमु धि’को आयोजनामा विरौंटाबाट गाजाबाजा र झाँकीसहित शुरु भएको ¥याली पोखरा बजारको मुस्ताङचोक, पृथ्वीचोक हुँदै तमु धिको भवनमा पुगेर सभामा परिणत भयो । सो अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री...

  • २०७५ चैत्र २७, बुधबार

    स्थानीय पाठ्यक्रममा बिपीदेखि विकलसम्म 

    शैक्षिक सत्र २०७६ देखि नै लागू गर्ने गरी गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम पारित गरेको छ । नगरपालिकाका आधारभूत तहका शिक्षण संस्थामा लागू गर्नेगरी कार्यपालिकाको बैठकले पाठ्यक्रम स्वीकृत गरेको प्रवक्ता एवं वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले जानकारी दिनुभयो ।  नगरपालिकाभरका सबै विद्यालयले एउटा विषय स्थानीय पाठ्यक्रमका पाठ्यपुस्तक समावेश गर्नुपर्नेछ । पाठ्यक्रम पारित गरी पाठ्यपुस्तक छाप्न दिइएको...

  • २०७५ चैत्र २७, बुधबार

    जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

    भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् । एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका...

  • २०७५ चैत्र २७, बुधबार

    उत्कृष्ट विद्यालयलाई प्रोत्साहन गरिने

    ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा एसइई मा उत्कृष्ट हुने विद्यार्थी र विद्यालयलाई आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिका क्षेत्रभित्रबाट बढी नम्बर ल्याएर एसइई पास गर्ने विद्यार्थीलाई उच्च शिक्षाका लागि प्रोेत्साहनस्वरुप रु १० हजार र विद्यालयलाई थप हौसलास्वरुप रु एक लाख दिने भएको हो । शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले उत्कृष्ट विद्यार्थी र विद्यालयलाई...

  • २०७५ चैत्र २७, बुधबार

    ‘दुराडाँडा महोत्सव’ नयाँ वर्षमा

    शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ । दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न वैशाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो । महोत्सव समितिले मङ्गलबार यहाँ पत्रकार सम्मेलन गरी विसं २००६ मा उच्च जातिले हलो जोतेर ‘हलो क्रान्ति’...

  • २०७५ चैत्र २७, बुधबार

    ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ वैरागी काइँलालाई 

    यस वर्षको ‘राष्ट्रिय कलाश्री सम्मान–२०७५’ नेपाल प्रज्ञाप्रतिष्ठनका पूर्व कुलपति वैरागी काइँलालाई प्रदान गरिने भएको छ । नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले विगत ११ वर्षदेखि हरेक वर्ष भाषा, साहित्य, कलासंस्कृति र सङ्गीतका साधकलाई प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष उहाँलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका अध्यक्ष मोमिला जोशीले जानकारी दिनुभयो । सम्मानको राशि रु एक लाख रहेको छ । त्यसैगरी रु...

Pages