राष्ट्रिय
-
२०७५ चैत्र २९, शुक्रबार
आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’
कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर...
-
२०७५ चैत्र २९, शुक्रबार
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ । आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै...
-
२०७५ चैत्र २९, शुक्रबार
थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण
धार्मिक मूल्य मान्यताका साथ परम्परादेखि सञ्चालन भएका शिल्पकलाको मौलिकता र महत्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले राजधानीमा थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला’ सञ्चालन गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेशबाट गरी कूल ३८ कलाकार सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पौभा र थाङ्का...
-
२०७५ चैत्र २९, शुक्रबार
१७० को दन्त उपचार
कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको उपचार गरिएको हो । टीकापुर–२ का अध्यक्ष प्रकाशबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने...
-
२०७५ चैत्र २८, बिहिबार
विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरणका योजना नै नपर्ने खबर आइरहेकै बेला यहाँका दुईवटा सायल र आदर्श गाउँपालिकाले वार्षिक योजना तर्जुमा गर्दा विपद् जोखिम न्यूनीकरण योजनालाई प्राथमिकता दिने भएका छन् । वल्र्डभिजन इन्टरनेशनलको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीद्वारा सायल र आदर्श गाउँपालिकामा आयोजना गरिएको विपद् जोखिम न्यूनीकरणसम्बन्धी संवाद कार्यक्रममा जनप्रतिनिधिहरुले आगामी...
-
२०७५ चैत्र २८, बिहिबार
अपाङग सङ्घको अध्यक्षमा शर्मा निर्वाचित
राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको विराटनगरमा सम्पन्न आठौँ महाधिवेशनले मित्रलाल शर्मालाई अध्यक्षमा निर्वाचित गरेको छ । महासङ्घले बुधबार साँझ सार्वजनिक गरेको निर्वाचन परिणामअनुसार शर्माले गणेश केसीलाई ११२ मतले पराजित गरी निर्वाचित हुनुभएको हो । सङ्घको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः रमेश लामा, रमा ढकाल, राजु बस्नेत, भावुकजङ्ग थापा र केपी अधिकारी निर्वाचित...
-
२०७५ चैत्र २८, बिहिबार
‘सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विद्यमान सुरक्षा चुनौती र भविष्यमा समेत उत्पन्न हुन सक्ने विविध सुरक्षा खतराको सामना गर्न नेपाली सेना सक्षम भएको बताउनुभएको छ । स्थानीय खरिपाटीस्थित नेपाली सेनाको सैनिक शिक्षालयमा आज भएको नेपाली सेनाका सिसं ५७ अधिकृत क्याडेट र सिसं ४७ पदिक हुद्दा क्याडेट तालीमको आयुक्त पद प्रदान कार्यक्रममा सम्बोधन गर्दै उहाँले हाम्रो सेनालाई २१ आँै शताब्दीको आधुनिक सेनाका...
-
२०७५ चैत्र २८, बिहिबार
भ्रष्टाचार नियन्त्रणमा ट्रान्सपरेन्सी
भूकम्पपछिको पुनःनिर्माणमा भएको अनियमितता र ढिलासुस्तीका सवालमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले रसुवा जिल्लाको अध्ययन कार्यलाई तीव्र बनाएको छ । ट्रान्सपरेन्सी रसुवाले बुधबार पत्रकार सम्मेलन गरी रसुवाको साविक १८ गाविस तथा हाल पाँच गाउँपालिकाअन्तर्गत २७ वडामा भएका पुनःनिर्माण सम्बन्धित गतिविधि स्थलगतरूपमा अध्ययन भइरहेको बताएको छ । केही गाउँपालिकामा जनजीविका नचल्ने एककोठे घरसमेत निर्माण हुँदै गरेको...
-
२०७५ चैत्र २८, बिहिबार
म्याद नाघेका खाद्यवस्तु नष्ट
जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजा, मसला, सुर्तीजन्य वस्तु, चियापत्ती, बिस्कुटलगायत खाद्यवस्तु म्याद...
-
२०७५ चैत्र २८, बिहिबार
सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
कञ्चनपुरको भीमदत्तनगरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० आबद्ध विद्यार्थीले बुधबारदेखि अनिश्चितकालीन तालाबन्दी गरेका छन् । विश्वविद्यालयको उपकुलपति नियुक्तिको विषयलाई लिएर नेविसङ्घले तालाबन्दी गरेको जनाएको छ । तीन महीनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाई एकै विश्वविद्यालयमा दुई कुलपति नियुक्ति गरेकाले तालाबन्दीमा उत्रिनुपरेको...
-
२०७५ चैत्र २८, बिहिबार
जनता आवास कार्यक्रमबाट घर बनाइने
जनता आवास कार्यक्रमअन्तर्गत जिल्लामा चालू आवमा २३७ घर बनाइने भएको छ । शहरी विकास तथा भवन डिभिजिन कार्यालयमार्फत यो वर्षका लागि गत वर्ष बाँकी रहेका ८३ सहित नयाँ १५४ घर बनाइने भएको हो । गत आवमा अति विपन्न र अति सीमान्तकृत समुदायका लागि मात्र घर निर्माण गरिँदै आएकामा यो वर्ष जिल्लाभित्र रहेका कुसुण्डा र वादी समुदायका सबै परिवारका लागि घर बनाउने निर्णय भएको कार्यालय प्रमुख झपटबहादुर थापाले जानकारी...
-
२०७५ चैत्र २८, बिहिबार
नौ बाजाका वाद्यगुरु रञ्जितकार सम्मानित
नेपाली कला, संस्कृति र बाजाहरुको संरक्षण गर्दै युवा पुस्तालाई वाद्यवादनतर्फ आकर्षित गर्न काठमाडौँ विश्वविद्यालयमा नौ बाजाको प्रशिक्षकका रूपमा कर्म गर्दै आउनुभएका ८४ वर्षीय वाद्यगुरु हरिगोविन्द रञ्जितकारलाई शिक्षक दिवसका अवसरमा भक्तपुरमा सम्मान गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भक्तपुरले ४०औँ शिक्षक दिवसका अवसरमा बुधबार आयोजना गरेको सम्मान तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा वाद्यवादक तथा...


