relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ बैशाख १, आइतबार

    राष्ट्रिय झन्डाको सम्मान गर्दै ¥याली

    राष्ट्र र राष्ट्रिय एकताको प्रतीक राष्ट्रिय झन्डाको संरक्षण र सम्मानस्वरुप आज पोखरामा ¥याली निकालिएको छ । पोखरा बृहत् सफाइ अभियान एवम् नागरिक समाज पोखरासँगको सहकार्यमा युवा पत्रकार सञ्जाल गण्डकी र बागेश्वरी असल शासन क्लब ९बास० को संयुक्त आयोजनामा नयाँ वर्षको पहिलो दिनलाई राष्ट्रिय झन्डा दिवसको रुपमा मनाइने गरिएको छ । पोखराको मानवअधिकारचोक, चिप्लेढुङ्गा, न्युरोड हँुदै सभागृहचोकसम्म पुगेको ¥यालीमा...

  • २०७६ बैशाख १, आइतबार

    खर्च हुन नसकेको ६७ करोड १० लाख रकमान्तर

    काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा खर्च गर्न नसकेको रु ६७ करोड १० लाख रकमान्तर गरेको छ । गत चैत २४ गते बसेको चौँथो नगर सभाले चालू आवका लागि स्वीकृत बजेटका विभिन्न शिर्षकहरूमा खर्च हुन नसकेको रकम तत्काल खर्च गर्नुपर्ने अन्य शिर्षकमा रकमको। आवश्यकता भएपछि रकमान्तर गरिएको हो । नगरसभाले महानगरको विद्युतीय शासनलाई प्रभावकारी बनाउन जोड दिँदै तथ्याङ्क सङ्कलनका लागि रु ८७ लाख रकमान्तर गरेको छ ।...

  • २०७६ बैशाख १, आइतबार

    नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्रता पाउने स् मुख्यमन्त्री पोखरेल

    प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नयाँ वर्षको शुरुआतसँगै विकासले तीव्र गति पाउने बताउनुभएको छ । सेरोफेरोन्युज भित्तेपात्रो २०७६ को लोकार्पण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले संविधान जारी भएपछिको तीन वर्षको समय सोचेअनुसारका काम गर्न नसकिएको बताउँदै अब नयाँ वर्षको शुरुआतसँगै हरेक कामले गति लिने बताउनुभयो । उहाँले देशमा भूकम्प, नाकाबन्दी, तीन तहको निर्वाचन, सङ्घीयता कार्यान्वयन, कानून...

  • २०७६ बैशाख १, आइतबार

     वाग्मतीको मुहान वाग्द्वारमा स्नान गर्नेको भीड

    नयाँ वर्षको अरुणोदयसँगै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मनमोहकतातर्फ मानिसको भीड अघि बढिरहेको छ । यही निकुञ्जको बीचमा रहेको राजधानीको सभ्यताको स्रोत वाग्मतीको उद्गमस्थल वाग्द्वारमा मेला भर्न आज बिहानैदेखि भक्तजनको भीड लागेको हो । प्रत्येक वर्ष वैशाख १ गतेका दिन त्यहाँ स्नान मेला लाग्छ । राजधानीको कोलाहलबाट नजिकैको शान्त एवं रमणीय स्थलमा नयाँ वर्ष मनाउन मानिसको भीड लागेको हो । यसै वर्षदेखि...

  • २०७६ बैशाख १, आइतबार

    स्वस्थ बच्चा जन्माउँदै एचआइभी सङ्क्रमित आमा

    सरकारले एचआइभी सङ्क्रमित आमाबाट बच्चामा सर्ने एचआइभी रोकथाम पिएमटिसिट कार्यक्रम लागू गरेपछि स्वस्थ बच्चा जन्माउन थालेका छन् । यसअघि सङ्क्रमित आमाले जन्माएका बच्चामा पनि एचआइभी सङ्क्रमण देखिन्थ्यो भने चिकित्सकहरुले पनि त्यस्ता आमालाई सन्तान नजन्माउन सुझाव दिन्थे ।  “एचआइभी सङ्क्रमित भएपछि बच्चा नजन्माउन चिकित्सकले सुझाव दिएका थिए तर अहिले भने यो सम्भव भएको छ,” एक आमाले भन्नुभयो, “सन्तान पाउने...

  • २०७६ बैशाख १, आइतबार

    सेतो मच्छेन्द्रनाथको दर्शन गर्नेको घुइँचो

    वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई असनमा पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिन्छ । पहिलो दिन रथलाई असनमा पु¥याइएको थियो । शनिबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गर्नुभएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष...

  • २०७६ बैशाख १, आइतबार

      आलेख ः रुचाउन थाले केराका परिकार

    केराका परिकार खाद्यवस्तुका रुपमा प्रयोग हुन थालेको छ । कैलालीको टीकापुरमा कृषि व्यवसायी कालु हमालले केराका परिकारलाई खाद्यवस्तुका रुपमा प्रयोग गर्ने वातावरण मिलाएका छन् । ‘बनाना किङ’ को परिचयसमेत बनाइसकेका केरा व्यवसायी हमालले अहिले केराका ४० परिकार उत्पादन गर्छन् ।  हमालले १३ वर्षअघि विगतमा फलफूलका रुपमा मात्रै प्रयोग गरिने केराखेती गर्न शुरु गरे । उनले केराखेती सँगै केराका परिकार बनाएर बेच्न...

  • २०७६ बैशाख १, आइतबार

    नेपाल भ्रमण बर्ष २०२० पोखराबाट शुभारम्भ

    नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को पहिलो चरणको पर्यटकीय नगरी पोखराको फेवाताल किनारस्थित कोमागाने पार्कबाट शुभारम्म गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार साँझ सो कार्यक्रमको शुभारम्भ गर्दै पर्यटकलाई आकर्षण गर्नका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । भ्रमण वर्ष सफल बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका तीनवटै सरकार लाग्नुपर्ने...

  • २०७५ चैत्र २९, शुक्रबार

    वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग

     विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत...

  • २०७५ चैत्र २९, शुक्रबार

    तामाङ चलचित्र महोत्सव शुरु

    तामाङ कलाकार सङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा आजदेखि तीनदिने ‘तामाङ चलचित्र महोत्सव–२०७५’ शुरु भएको छ । सङ्घको आयोजनामा आज, शनिबार र नयाँ वर्ष २०७६ वैशाख १ गते गरी तीन दिनसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । “तामाङ भाषामा निर्माण भएको तामाङ चलचित्रको प्रवद्र्धन गर्नुका साथै गुणात्मक चलचित्र निर्माण, चलचित्रकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन र...

  • २०७५ चैत्र २९, शुक्रबार

     ‘ट्राफिक सप्ताह’ शुरु 

    उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा आजदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।   कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढ्दो सवारी दुर्घटना...

  • २०७५ चैत्र २९, शुक्रबार

      बाराका हावाहुरी पीडित भन्छन् ः धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन

     “हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो ।   रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्रो सन्तान...

Pages