राष्ट्रिय
-
२०७५ चैत्र २९, शुक्रबार
जोमसोम–लोमान्थाङ सडक सञ्चालनमा
मुस्ताङको जोमसोम–लोमान्थाङ सडक करीब चार महीनापछि सञ्चालनमा आएको छ । जोमसोमदेखि कागबेनी छुसाङ हँुदै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका जोड्ने सडकमा गत पुसदेखि हिउँ जमेर यातायात सेवा अवरुद्ध भएको थियो । सडक सुचारु भएपछि चिसो छल्न बेँसी झरेका उपल्लो मुस्ताङका बासिन्दा घर फर्कन थालेका छन् । सो सडक खुलेपछि लोमान्थाङ, दामोदरकुण्ड, कोरला क्षेत्रको भ्रमणमा जाने पर्यटकलाई सहज भएको...
-
२०७५ चैत्र २९, शुक्रबार
निःशुल्क एम्बुलेन्स सेवा पाएपछि गर्भवती महिला खुशी
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । निःशुल्क एम्बुलेन्स सेवा पाएपछि यहाँका अधिकांश गर्भवती महिला प्रसूतिगृहमै पुगेर प्रसूतिसेवा लिन थालेका छन् । नगरपालिकाले नगरका १३ वटै वडाका गर्भवतीलाई उनीहरुको घरबाटै प्रसूतिगृहसम्म ल्याउने र पु¥याउने गरेको छ । खर्च नहुँदा यहाँका विपन्न महिला घरमै परम्परागत तरिकाले बच्चा जन्माउन बाध्य थिए । अस्पतालमा...
-
२०७५ चैत्र २९, शुक्रबार
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
सञ्चार एवं सूचनाप्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल टेलिकममा नयाँ युगको शुरूआत गर्न आग्रह गर्नुभएको छ । टेलिकमको एफटिटिएच ९फाइबर टु द होम० सेवाको आज यहाँ शुभारम्भ गर्दै उहाँले चार हजार १०० कर्मचारी भएको संस्था उत्पादनका हिसाबले दोस्रो हुन पुग्नु दुःखद हो, अब यसलार्ई ग्राहकसेवी र जनसेवी बनाउनुपर्छ भन्नुभयो । मन्त्री बाँस्कोटाले प्रदेश नं २ का प्रमुख सचिव दीपक सुवेदीसँग कुराकानी गरी सो...
-
२०७५ चैत्र २९, शुक्रबार
मिथिलामा वासन्ती छठ सम्पन्न
महोत्तरीसहितका मिथिलामा श्रद्धा र निष्ठापूर्वक वासन्ती छठपर्व आज सम्पन्न गरिएको छ । आज चैत शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यसपालिको वासन्ती चैती छठ सम्पन्न गरिएको हो । शारदीय छठकै विधिमा मनाइने वासन्ती छठका व्रतालुले आज पवित्र जलाशयमा बनाइएको घाटमा उदाउँदो सूर्यलाइ अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् । चैत शुक्लपक्षको चौथीदेखि सप्तमीसम्म मुख्य चार दिनको विधि हुने यो पर्वमा...
-
२०७५ चैत्र २९, शुक्रबार
व्यावहारिक शिक्षाको आधारस्तम्भ तयार भएको छ ः मन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल शिक्षालाई व्यावहारिक बनाउन आधारस्तम्भ तयार गरिसकेको बताउनुभएको छ । आज टङ्गाल माध्यमिक विद्यालय, हाँडीगाउँको ५६ औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले शिक्षालाई परिवर्तन गर्नका लागि व्यावहारिक शिक्षा बनाउन लागिएको बताउनुभयो । “व्यावहारिक शिक्षा बनाउन हामीले आधारस्तम्भ बनाइसकेका छौँ”, उहाँले भन्नुभयो, “अब ती आधार स्तम्भलाई टेकेर देशभरि नै हामी प्राविधिक शिक्षा...
-
२०७५ चैत्र २९, शुक्रबार
नारायणीबाट नदीजन्य पदार्थको दोहन
पश्चिम नवलपरासीको नारायणी नदीबाट धमाधम नदीजन्य पदार्थको दोहन बढेको पाइएको छ । नारायणी नदीबाट अवैधानिकरूपमा नदीजन्य सामग्री उत्खनन गरेर भारत निर्यात भइरहँदासमेत सम्बन्धित सरोकारवा निकाय मौन रहेको स्थानीयवासीको भनाइ छ । नदीबाट निकालिएका नदीजन्य पदार्थ खुला सिमानाका कारण धमाधम भारत निकासी भइरहेको छ । नदीबाट नदीजन्य पदार्थ झिक्न नमिल्ने भए पनि तस्करले दिनदहाडै नदीबाट दैनिक लाखौँको ढुङ्गा, गिट्टी,...
-
२०७५ चैत्र २९, शुक्रबार
आम्दानीको स्रोत बन्दै महिलाका सहकारी
महिलाले नेतृत्व गरेका सहकारी संस्था पछिल्लो समय आम्दानीको स्रोत बन्दै गएका छन् । सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय रोजगारसमेत हुन थालेका छन् । महिलाका सहकारी पछिल्लो समय नाफामुखीसमेत बन्दै गएका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै...
-
२०७५ चैत्र २९, शुक्रबार
सामुदायिक विद्यालयमा आकर्षण बढ्दै
ऋणधन गरेर भए पनि निजी विद्यालयमा बालबालिका भर्ना गर्ने क्रम बढेपछि कतिपय सामुदायिक विद्यालय विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । सरकारी विद्यालयमा तालीमप्राप्त अनुभवी शिक्षक भए पनि अङ्गे्रजी माध्ययममा पढाइ हुनु नै निजी विद्यालयको आकर्षण बन्नु पहिलो कारण हो । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकामा पनि निजी विद्यालय प्रतिको आकर्षणका कारण कतिपय सामुदायिक विद्यालय...
-
२०७५ चैत्र २९, शुक्रबार
हेटौँडामा बर्डफ्लु नियन्त्रणको प्रयास
प्रदेश नं ३ को हेटौँडा उपमहानगरपालिकाको विभिन्न वडामा कृषकका कुखुरा फार्ममा अहिले बर्डफ्लु रोगलाई नियन्त्रण गर्ने प्रयास भइरहेको जिल्ला पशु सेवा कार्यालय मकवानपुरले जनाएको छ । उपमहानगरका वडा नं ६, ७, ८, १६ र १७ मा स्थानीय कृषकका ४८ फार्मका कृषि तथा पशुपक्षी मन्त्रालयबाट आएको प्राविधिक टोलीले आजसम्ममा ६० हजार २०५ कुखुरा र चल्ला नष्ट गरी खाल्डोमा पुरेको सो कार्यालयले जनाएको छ । यसैगरी ती प्रभावित...
-
२०७५ चैत्र २९, शुक्रबार
चार दिनमा ६४ ले लिए मलेशियाका लागि श्रम स्वीकृति
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कलिङ भिसामार्फत मलेशिया जाने कामदारका श्रम स्वीकृति खुला गरेपछि चार दिनमा ६४ ले श्रम कार्यालय ताहाचलबाट स्वीकृति लिएका छन् । सरकारले यही चैत १७ गतेदेखि खुला गरेपनि कार्यालयले भने २५ गतेबाट श्रम स्वीकृति दिन थालेको कार्यालयका महानिर्देशक देवेन्द्र कार्कीले जानकारी दिनुभयो । “सरकारले खुला गरेपछि मलेशिया जाने नेपाली कामदारलाई केही राहत मिलेको छ”, उहाँले...
-
२०७५ चैत्र २९, शुक्रबार
खेलाडीलाई होटल अभाव
राष्ट्रिय खेलकूदअन्तर्गत दाङमा टेबलटेनिस र बास्केटबल प्रतियोगिता सञ्चालन भइरहँदा खेलाडी र खेलप्रेमीहरु भने उचित वसोवासको समस्यामा रहेका छन् । खेलकूदको लागि देशभरका सातवटै प्रदेशका खेलाडी, खेलसँग सम्बन्धित व्यक्ति र खेलप्रेमी दाङ आएका छन् । बुधबार र बिहीबार उद्घाटन भएका दुई खेल क्रमश टेबलटेनिस र बास्केटबल दुबै घोराहीमा सञ्चालन भइरहेका छन् । दुबै खेलमा देशभरबाट करीब दुई हजारदेखि दुई हजार २००...
-
२०७५ चैत्र २९, शुक्रबार
लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदै
जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१÷७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भन्नुभयो, “घरमा बिजुली बालाँैला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने...


