STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७५ चैत्र २९, शुक्रबार

    फ्रिक्वेन्सी सम्बन्धमा आइस्पानको ध्यानाकर्षण

    इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पान ले टेलिभिजन प्रयोजनका लागि प्रयोग गर्दै आएको फ्रिक्वेन्सीमार्फत इन्टरनेट सेवासमेत सञ्चालन गर्न अनुमति दिने तयारी भइरहेको भन्दै त्यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ । आइस्पानले आज नेपाल दूरसञ्चार प्राधिकरण कार्यालयअघि धर्ना दिनाका साथै आफ्ना मागसहितको ज्ञापनपत्र बुझाएको छ । प्राधिकरणका कावा अध्यक्ष पुरुषोत्तम खनाललाई ज्ञापनपत्र बुझाउँदै आइस्पानका अध्यक्ष...

  • २०७५ चैत्र २९, शुक्रबार

    लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदै

    जुम्लाको सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा ५८ किलोवाट विद्युत् निर्माण हँुदैछ । वैशाखभित्र गाउँमा बिजुली झिलीमिली गर्ने गरी निर्माणाधीन विद्युत्को कामलाई तीव्रता दिइएको छ । आर्थिक वर्ष २०७१÷७२ बाट विद्युत्को निर्माणकार्य शुरु गरिएको हो । लाम्रीगाउँकी स्थानीय रामतुला बुढाले भन्नुभयो, “घरमा बिजुली बालाँैला भन्दै अहिले तीन वर्ष बित्यो, अझै वैशाखमा बल्ने भन्ने...

  • २०७५ चैत्र २९, शुक्रबार

    ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकियो

    कोटेश्वर–कलङ्की सडकको सबैभन्दा बाहिरी लेन ‘सर्भिस ट्र्याक’ को निर्माण ७५ प्रतिशत सकिएको छ । चिनियाँ सरकारले आठ लेनको सडक निर्माण सकेसँगै नेपाल सरकारले गर्ने भनिएको दुई लेनको काम अहिले धमाधम भइरहेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।  दश किलोमिटर लम्बाइको सो सडकमा झण्डै सात किलोमिटर अहिलेसम्म निर्माण भइसकेको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । आगामी वर्षसम्ममा बाँकी...

  • २०७५ चैत्र २९, शुक्रबार

    वर्ष २०७५ः पर्यटनमा उत्साह र वियोग

     विसं २०७५ मुलुकको पर्यटन क्षेत्रका लागि उत्साह र वियोगान्तको संयोग बन्यो । नेपालको उड्डयन इतिहासमै पहिलोपटक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स ले दुई नयाँ वाइडबडी जहाज भित्र्याएको घटना विश्वबजारमा छायो भने वर्षको उत्तरार्धतिर हेलिकोप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसहित पर्यटन क्षेत्रमा योगदान गरेका महत्वपूर्ण व्यक्तिको निधनले उत्साहलाई वियोगान्तमा परिणत...

  • २०७५ चैत्र २९, शुक्रबार

    तामाङ चलचित्र महोत्सव शुरु

    तामाङ कलाकार सङ्घको आयोजनामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेँसीमा आजदेखि तीनदिने ‘तामाङ चलचित्र महोत्सव–२०७५’ शुरु भएको छ । सङ्घको आयोजनामा आज, शनिबार र नयाँ वर्ष २०७६ वैशाख १ गते गरी तीन दिनसम्म महोत्सव सञ्चालन हुने आयोजकले जनाएको छ । “तामाङ भाषामा निर्माण भएको तामाङ चलचित्रको प्रवद्र्धन गर्नुका साथै गुणात्मक चलचित्र निर्माण, चलचित्रकर्मीलाई प्रोत्साहन, बजार व्यवस्थापन र...

  • २०७५ चैत्र २९, शुक्रबार

     ‘ट्राफिक सप्ताह’ शुरु 

    उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा आजदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।   कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढ्दो सवारी दुर्घटना...

  • २०७५ चैत्र २९, शुक्रबार

      बाराका हावाहुरी पीडित भन्छन् ः धन सम्पत्ति त उडायो नै खुशी पनि बाँकी राखेन

     “हावाहुरीले घरसँगै हाम्रो खुशी पनि उडाइदियो”, बारा भलवलियाका रवीन्द्र रामले पीडा सुनाउँदै भन्नुभयो, “घरमा भएको दुई बोरा धान र रु दुई हजारसमेत उडायो, बारीको गहुँबाली सखापै भयो ।” रवीन्द्रको त्यसै दिन बिहान घरमा नयाँ सदस्यको आगमनले परिवारमा खुशियाली छाएको थियो । विडम्बना त्यही दिन साँझ आएको हावाहुरीले उनीहरूको खुशी एकाएक पीडामा बदलियो ।   रवीन्द्रकी श्रीमती आशादेवीको पनि आफ्नो तेस्रो सन्तान...

  • २०७५ चैत्र २९, शुक्रबार

    स्कूलमा प्राचीन मुद्रा प्रदर्शन

    काठमाडौँ कपन चुनिखेलका दुई युवाले सङ्कलन गरेका नेपाली तथा विदेशका प्राचीन मुद्रा विभिन्न स्कूलमा प्रदर्शनी गर्न शुरु गरेका छन् । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका युवा सरोज श्रेष्ठ र दिनेश श्रेष्ठले सङ्कलन गरेका नेपाली पुराना मुद्रा र विदेशी मुद्राको प्रदर्शनी शुरु गरेका हुन् ।  प्राचीन वस्तुलाई जीवन्त बनाऔँ लेट अस मेक एन्टिक अलाइभ भन्ने नाराका साथ स्थानीय युवाले मुद्रा चिनाउने कार्यमा सहयोग...

  • २०७५ चैत्र २९, शुक्रबार

    स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताउनुभएको छ ।  आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै...

  • २०७५ चैत्र २९, शुक्रबार

    आयुर्वेद उपचारको केन्द्र बन्दै ‘बिजौरी’

    कुनै समय बिरामीको अभावमा सुनसान रहने गरेको दाङ बिजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा पछिल्लो समय चहलपहल बढ्न थालेको छ । अहिले दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । चिकित्सालयमा नयाँ सेवा थपेसँगै अहिले बिरामीको चाप बढेको चिकित्सालयका निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा रामकामेश्वर ठाकुरले बताउनुभयो । ‘‘डेढ वर्षअघि यो आयुर्वेद चिकित्सालय सुनसान थियो’’ उहाँले भन्नुभयो, “तर...

  • २०७५ चैत्र २९, शुक्रबार

    १७० को दन्त उपचार

    कैलालीको टीकापुरस्थित मुक्त कमैया शिविरमा आयोजित निःशुल्क दन्त परीक्षण शिविरमा १७० को निःशुल्क उपचार गरिएको छ । शिविरमा दन्त परीक्षणका साथै आवश्यक औषधि, दन्त मञ्जन तथा ब्रस वितरण गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको आयोजनामा भएको शिविरमा मुक्त कमैया बस्ती नागरिकको उपचार गरिएको हो । टीकापुर–२ का अध्यक्ष प्रकाशबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकलाई सेवा दिने...

  • २०७५ चैत्र २९, शुक्रबार

    थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण

    धार्मिक मूल्य मान्यताका साथ परम्परादेखि सञ्चालन भएका शिल्पकलाको मौलिकता र महत्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले राजधानीमा थाङ्का÷पौभा शिल्पकला प्रशिक्षण कार्यशाला’ सञ्चालन गरिएको छ । नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानले बिहीबारदेखि शुरु गरेको प्रशिक्षणमा सबै प्रदेशबाट गरी कूल ३८ कलाकार सहभागी छन् । प्रशिक्षणको उद्घाटन गर्दै प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले पौभा र थाङ्का...

Pages